बामदेव गौतमले भेटे ‌ओलीलाई « Khabarhub

बामदेव गौतमले भेटे ‌ओलीलाई


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यसै साता मात्र एकता राष्ट्रिय अभियान पार्टीको घोषणा गरेका बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌‌ओलीलाई भेटेका छन् ।

ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास पुगेका एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

गौतम-ओली भेटमा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ। ओलीसँगै अन्य कम्युनिस्ट पार्टीका नेताहरुलाई भेटेर एकता वा चुनावी मोर्चाका लागि प्रयास गर्ने गौतमले बताइरहेका छन् ।

नयाँ दल घोषणा गर्दै गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए ।

अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : १५ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको