पोखरा बसपार्कमा ग्राभेल सुरु | Khabarhub Khabarhub

पोखरा बसपार्कमा ग्राभेल सुरु


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढेको हो ।

अहिले जग्गा सम्म्याउने काम थालिएको पोखराका मेयर धनराज आचार्यले बताए । आधा भागमा ग्राभेल हालेर सम्म्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको छ ।

‘बसपार्कलाई कम्तीमा यो वर्ष धुलो र हिलोमुक्त बनाउने छौँ । नाला निर्माण र ग्राभेलको काम भइरहेको छ,’ वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘प्रदेश सरकारले र पोखरा महानगरले मिलेर काम सुरु गरिएको हो ।’ नाला निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ । मर्सानी र मेयर आचार्यले बसपार्कको निरीक्षण गरेका छन् ।

ग्राभेल सकिएपछि बाँकी रहेका समस्या सुल्झाएर डीपीआर निर्माण गर्ने र सिटी बसपार्कको रूपमा स्थापित गरिने आचार्यले बताए । गत २५ जेठमा एक कार्यक्रमका बिच बसपार्कको नाला निर्माण कार्यको सुरुवात गरिएको थियो ।

बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । १८ फागुन २०३२ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिले सुकुम्वासी भरिएका छन् । तत्कालीन समयमा अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले ८१ रोपनी मात्रै बाँकी छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ४२ बजे

मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारणसभा भदौ २० गते 

काठमाडौं– मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा