समयमै बचत फिर्ता गर्न नसक्दा देउराली बहुद्देश्यीय सहकारी संस्था समस्यामा « Khabarhub

समयमै बचत फिर्ता गर्न नसक्दा देउराली बहुद्देश्यीय सहकारी संस्था समस्यामा


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो । हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेको छ । जावलाखेलमा पसल व्यवसाय गर्दै आएका भारत घर भएका  बचतकर्ता राकेश चौधरीले टोकन लिएर मात्रै पैसा निकाल्न पाउने सहकारीले नियम लगाएको बताए  । उनले भने, ‘गत सोमबारसम्म टोकन बाँडिएको थियो । अहिले बन्द छ । अब टोकन लिनेले २८ असार मात्रै पैसा पाउँछ ।’

सहकारीबाट टोकन लिएकालाई मात्रै कार्यालय प्रवेश गर्न दिएको छ । आर्थिक वर्षको अन्तिम भएकाले सबै ठाउँमा आर्थिक दबाब रहेको बताउँदै सहकारीले साउनको पहिलो साताबाट कारोबार सुचारु गर्ने बताएको छ । सहकारीका अध्यक्ष रवीन्द्र चौलागाइँले एकैपल्ट ४० लाख रुपैयाँ बचतकर्ताको फिर्ता गर्नुपरेकाले अप्ठ्यारो परेको स्वीकार गरे । उनले भने, ‘हामी भागेका छैनौँ । कार्यालय खोलेरै काम गरिरहेका छौं । विस्तारै पैसा फिर्ता गछौँ । अहिले पनि दैनिक ३० लाखभन्दा धेरै बचत फिर्ता गरिरहेका छौं ।’

उनका अनुसार बजार प्रतिनिधि अहिले पनि ग्राहकसामु पुगिरहेका छन् । बजारबाट बचत राख्न कर गरिएको छैन, तर ऋण उठाउन भने सहकारीले जोडबल गरिरहेको छ । सहकारी कार्यालयमा भेटिएका एक बचतकर्ताले नाम नबताउने सर्तमा आफूले ४० लाख बचत गरेको बताए । उनले भने, ‘हरेक दिन १० हजार बचत फिर्ता गर्ने रे । दिन दिनै टोकन पाइँदैन । मलाई पैसा फिर्ता दिन दुई चार वर्ष लाग्ने भो ।’

पछिल्लो संकट टार्न अध्यक्ष चौलागाईँ लागेको एक कर्मचारीले बताए । उनले भने, ‘हरेक दिन छलफल र समस्या समाधानका लागि प्रयास भइरहेको छ ।’ गएको असार पहिलो साता पैसा फिर्ता माग्न आउने हजारको भीड अहिले सयमा झरेको ती कर्मचारीले बताए ।

पछिल्लो समय आफ्नो सबै पैसा फिर्ता माग्न आउने बचतकर्ताको दबाबले सहकारीलाई झन् अप्ठेरो परेको चौलागाईँ बताउँछन् । भन्छन्, ‘सबैले धर्य गरेर हाम्रो काम र हाम्रो व्यवहार हेरेर विश्वास गरेमा समस्या सुल्याउन सजिलो हुन्छ ।’ सहकारीले सातदोबाटो, नयाँ सडक र सूर्यविनायकमा शाखा कार्यालयमार्फत कारोबार गरिरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ५४ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको