सुरु भयो ‘हिरामण्डी’ | Khabarhub Khabarhub

सुरु भयो ‘हिरामण्डी’


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘खामोसीः द म्यूजिकल’ हेर्नुभएको छ भने त्यहाँ अभिनेत्री मनीषा कोइरालाको चरित्र ‘एनी’ लाई जो कोहीले सम्झन्छन् । यिनै मनीषा र सञ्जय झन्डै २५ वर्षपछि फिल्म ‘हिरामण्डी’ मा सहकार्य गर्दै छन् । यो फिल्म ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुनेछ ।

वेब सिरिज ‘हिरामण्डी’ को छायांकन सुरु भएको छ । वेब सिरिजको सुरुवात मनिषा र अदिती राव हैदरीको दृश्य खिच्दै सुरु गरिएको हो । वेब सिरिजकै लागि कत्थक नृत्यको प्रशिक्षण लिइरहेकी ऋचा चड्डा चाँडै सिजिमा जोडिनेछिन् ।

सिरिजका लागि मुम्बईमा दुई विशाल र भव्य सेट बनाइएको छ । यसमध्ये एक सेटमा सिरिजको पहिलो सेड्युल खिचिनेछ । पहिलो दिन मनिषाले सिरिजको श्रीगणेश गरिन् । उनीसँगै अदितीले पनि सहभागिता जनाइन् । सुटिङको सुरुवात मुजरेबाट गरिएको छ । यो गीत हप्ता दिन लगाएर छायांकन गरिनेछ । त्यसपछि मात्र अन्य कलाकार सिरिजमा जोडिनेछन् । सञ्जय लीला भन्सालीको निर्देशन रहने सिरिजमा हुमा कुरैशीको पनि अभिनय छ । यो सिरिजबाट निर्देशक भन्साली ओटीटीमा डेब्यू गर्दै छन् ।

१८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताइसकेका छन् । यद्यपि सिरिज निर्माणको लागि नेटफ्लिक्सले दुई  सय करोड भारु दिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भन्सालीले डिरेक्सन डिपार्टमेन्टकको लागि मात्र ६० करोड छुट्टाएका छन् ।  यसका साथै उनले कलाकारमा ४० करोड खर्च गर्न सक्ने अनुमान गरिएको छ । बाँकीको रकम छायांकन र पोष्ट प्रोडक्सनमा खर्च हुनेछ । उनले आफैँले सम्पूर्ण एपिसोड निर्देशन नगर्ने भएपछि नेटफ्लिक्सले २ सय करोडको मात्र बजेट पास गरेको बुझिएको छ ।

‘मैँले सम्पूर्ण एपिसोड निर्देशन गर्दै छैन । खासमा मलाई गंगुवाई कठियावाडीपछि ब्रेक चाहिएको थियो । यद्यपि मैँले काम गर्ने तय भइसकेकोले गर्दा सुरु गर्दै छु’ उनले भनेका छन् । यसै गरी उनले यस सिरिजको हरेक एपिसोड इन्डिपेन्डेन्ट फिल्म मेकर्सको जस्तो हुने समेत बताएका छन् । यसको हरेक एपिसोडमा आत्मनिर्भर फिल्म मेकर्सको स्वाद पाउनु हुनेछ । ‘हामी चाहन्छौ कि यसका हरेक पात्रले जीवन पाउन हामी सानो भन्दा सानो क्यारेक्टरमा पनि जीवन भर्न चाहन्छौँ’ संजयले भने ।

उनले कुराकानीकै क्रम सिरिजमा आफैले संगीत दिने समेत बताएका छन् । १८ अभिनेत्रीको अभिनय रहने बताइएको सिरिजमा १९ औँ शताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा पस्किने जनाइएको छ । यसमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, जुही चावला, संजीदा शेख, निम्रत कौर, डायना पेन्टी सहित १८ जना अभिनेत्री रहने छन् । पाकिस्तानको लाहोर हुँदै सिरिज मुम्बईमा आएर सकिनेछ ।

नेटफ्लिक्समा सार्वजनिक हुने यो सिरिज ८ भागको हुनेछ । सिरिजको पहिलो र अन्तिम एपिसोड भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नेछन् । पाकिस्तानको लाहोरमा रहेको यो ठाउँ वेश्याको अखडाको रूपमा चर्चित थियो । भन्सालीले भने यसलाई गीत संगीतको साधना गर्ने थलोको रूपमा प्रस्तुत गर्न लागेको चर्चा छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : ३६ बजे

गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

तानसेन – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित