पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्ने सोचमा छन् – अमेरिका « Khabarhub

पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्ने सोचमा छन् – अमेरिका


१६ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्नुपर्ने योजनामा रहेको अमेरिकी खुफिया एजेन्सीको विश्वास रहेको छ । मस्कोका सेनाहरू युद्धका कारण कमजोर भए पनि बिस्तारै क्षेत्र अतिक्रमण गर्ने क्षमता भएको अमेरिकी अधिकारीको मूल्याङ्कनले देखाएको हो ।

यसको मतलब युद्ध लम्बिन सक्ने राष्ट्रिय खुफिया एजेन्सीका निर्देशक एभ्रिल हेन्सले जानकारी दिइन् । गत मार्च महिनामा मस्कोका सेनाहरूले कीभ र अन्य शहरहरू अतिक्रमण गर्न असक्षम भएसँगै युक्रेनको डोनबासलाई कब्जा गर्नेतर्फ ध्यान केन्द्रित गरेका थिए ।

सुरुवाती दिनमा विवाद चर्किदा युक्रेनको अधिकांश भूभाग कब्जा गर्ने पुटिनको सो लक्ष्य यथावत् नै भएको हेन्सले बताइन् । सो लक्ष्य पुरा गर्न भने सजिलो नभएको तथा करिब असम्भव नै रहेको हेन्सको बुझाइ छ ।

हामीले पुटिनको निकट भविष्यमा भएको सैन्य उद्देश्य र सैन्य क्षमता बिच अन्तर पायौँ तथा उनको लक्ष्य र सैन्य क्षमतामा तालमेल देखिँदैन ।’, उनले यूएस कमर्स विभागीय सम्मेलनमा जानकारी दिए।

रुसले युक्रेनका सेभेरोडोनेत्स्कलगायत विभिन्न क्षेत्रलाई अतिक्रमण गरेको छ । तर, युक्रेनी सेनाले सशक्त रुपमा प्रतिरोध जारी राख्दा अतिक्रमणको गति भने विस्तार भएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : २४ बजे

तस्बिरमा हेर्नुहोस् विराटनगरलाई हराएपछि कर्णालीको खुसी

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक