सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ  « Khabarhub

सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ ।सिंहदरबारमा बिहीबार ६४ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो ।

कार्यक्रममा खनालले एमालेको संसद् अवरोधका कारण  जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर नौ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गरे ।

दुई दुई पटक संसद् भङ्ग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनर्स्थापित संसदमा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखा पर्न थालेको खनालको भनाइ छ ।

संसद् भङ्ग गर्ने प्रयास र संसदमा लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि सुवास नेम्वाङले जवाफ फर्काएका छन् । एमाले संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संसद् अवरोध अहिलेको कुरा गर्नु भयो । विगतमा पनि अवरोध भएको थियो । को-को थियौँ विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद् अवरोध हुन्छ भनेर पूर्व सांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  २ : ०२ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।