विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला  « Khabarhub

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सा, बझाङ, कञ्चनपुर, प्युठान र मकवानपुरमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ । सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त घाटमा चिता जलिरहेको अवस्थामा शव फेला परेको हो । 

प्रहरीले अनुसन्धानका लागि महिमाको परिवारका ३ जना सदस्यलाई नियन्त्रणमा लिएको छ भने हाल फेला नपरेका श्याम बाबुसहित २ जनाको खोजी गरिरहेको छ । बझाङको जयपृथ्वी नगरपालिका–७ धम्नाउबाट चुलिटीका जाने बाटोमा धम्नाउ बस्ने ५८ वर्षीय जोगगिरी बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको किनारमा हाल पहिचान नखुलेकी १९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । 

प्युठानको प्यूठान नगरपालिका–७ झिमरुक खोलाको बगरमा हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।  मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।    

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : ५४ बजे

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण