मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ « Khabarhub

मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूकाबीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरूको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए। मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए ।

घातक लागूऔषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड रोमुआल्डेज मार्कोसले छ वर्षको कार्यकालपछि जुनमा राजीनामा दिएको अल जजीराले उल्लेख गरेको छ। चिनियाँ उपराष्ट्रपति वाङ किसान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

 परिवार र थुप्रै समर्थकहरूको समर्थनमा मार्कोस जुनियर जो एक पूर्व सिनेटर र काङ्ग्रेसका प्रतिनिधि हुन् उनले ‘ूएक साथ हामी फेरि उठ्नेछौं’ भन्ने नारामा अभियान पनि चलाएका थिए । यसैबीच, सम्भावित विरोधका गतिविधिलाई दृष्टिगत गर्दै १५,००० भन्दा बढी प्रहरी सैनिकहरू र तट रक्षकहरू राजधानी भर सुरक्षाका लागि तैनाथ गरिएका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  २ : ०३ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको