गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा « Khabarhub

गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाको रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ ।

युवा पुस्ताले यस व्यवसायमा चासो नदिँएका कारण यो व्यवसाय संकटमा पर्न थालेको हो । युवा सहर, विदेश केन्द्रित छन् । तर, भेडापालन व्यवसायमा युवापुस्ताको चासो छैन । भेडाको मासु र ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भए पनि काम गर्न कठिन हुने भएकाले यस व्यवसायमा युवाले खासै चासो नदिएको भेठीगोठाला बताउँछन् । ‘भेडापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनीहरू भन्छन्, ‘तर भेडा चराउन कहिले बेँसी त कहिले लेक गरिरहनुपर्छ । दुःख छ । त्यसैले यो व्यवसायमा लाग्ने युवा छैनन् ।’

लमजुङमा ९० घुम्ती भेडीगोठ 
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रूपेश श्रेष्ठका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भुलभुले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दुधपोखरीलगायत स्थानमा घुम्ती भेडीगोठ छन् । उनका अनुसार जिल्लामा ९० वटा घुम्ती भेडीगोठ छन् । ती भेडीगोठमा झन्डै १५ हजार ‘बरुवाल’ जातका भेडा छन् ।

वार्षिक १२ करोड आम्दानी
घुम्ती भेडीगोठमा पालिएका भेडाबाट वार्षिक दुई सय मेट्रिकटन मासु उत्पादन हुन्छ । एउटा भेडाको मूल्य ३० हजारभन्दा बढी पर्छ । भेडाको उनको मूल्यप्रति धार्नी चार सयभन्दा बढी पर्छ ।  भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक १२ करोड आम्दानी हुँदै आएको छ । यहाँका भेडाको मासु काठमाडौं, पोखरा, चितवनलगायत सहरमा पुग्छ । जिल्लामा वार्षिक झन्डै ६ हजार मेट्रिक टन ऊन उत्पादन हुँदै आएको छ । ऊन बिक्रीबाट मात्रै वार्षिक १२ लाख बढी आम्दानी हुँदै आएको छ ।

हिमालको काखसम्मै पुग्छन् घुम्ती भेडीगोठ
भेडा चराउन भेडाको बथान लिएर भेडीगोठाला लेक–बेँसी गरिरहन्छन् । भेडा चराउँदै उनीहरू हिमालको काखसम्मै पुग्छन् । श्रेष्ठका अनुसार यहाँका केही पाका व्यक्तिले भेडापालन व्यवसायलाई निरन्तरता दिएका छन् । उनीहरूले मनग्य कमाएका पनि छन् । भेडापालन व्यवसायलाई व्यवसायिकरण गर्दै लगेमा यो व्यवसायबाट मनग्य कमाउन सकिने र युवा पुस्तालाई आकर्षित गर्न सकिने उनी बताउँछन् । उनका अनुसार केन्द्रले घुम्ती भेडीगोठलाई सोलार बत्ती, त्रिपाललगायत सामग्री प्रदान गर्दै आएको छ ।

भेडाको मासु, ऊन तथा मल बिक्रीबाट राम्रो कमाउन सकिने उनको भनाइ छ । उनले भने, ‘भेडाको मल बेचेर पनि आम्दानी गर्न सकिन्छ । तर, मल त्यसै खेर गएको छ । तल्लो भेगमा भेडीगोठ रहँदा खेतबारीमा प्रयोग भएको छ । तर, माथिल्लो भेगमा भेडीगोठ जाँदा मल त्यसै खेर गएको छ ।’

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ५९ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको