निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गर्छौँ: मुख्यमन्त्री राई « Khabarhub

निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गर्छौँ: मुख्यमन्त्री राई


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको आज उद्घाटन कार्यक्रममा उनले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राईले राष्ट्रियताका लागि मुलुक आर्थिकरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्रलगायत सबैसँग हातेमालो गरी सरकार अगाडि बढ्ने धारणा राखे । उनले उत्पादन, पूँजी विकास र राजस्व सङ्कलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै वर्तमान अवस्थामा राज्यले शासक नभई व्यवस्थापनको भूमिका निर्वाह गरिरहेको र मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका वृद्धि भइरहेको बताए ।

मुलुकको तीनखम्बे अर्थतन्त्रमा निजी क्षेत्रलाई साझेदारीका रूपमा राखिएको चर्चा गर्दै उनले सरकारले ऐन कानूनमा सहजता, शान्तिसुरक्षा र पूर्वाधार उपलब्धताले लगानीमैत्री वातावरण भएकाले उद्योगीलाई लगानी गर्न आग्रह गरे ।आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सङ्घीयतालाई संस्थागत गर्न उत्तरदायी भएर परिवर्तनकारी सङ्घीय र प्रदेशको बजेट आएको छ भन्दै यसमा निजी क्षेत्रको अधिकांश सुझाव समेटिएको र सहज स्वीकार्य भएकामा खुसी व्यक्त गर।

उनले संसद्मा विचाराधीन बजेटका सम्बन्धमा उद्यमीको आन्दोलन गैरजिम्मेवारीपूर्ण रहेको चर्चा गर्दै महँगो विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएको र चोरी तस्करी हुने कार्यलाई नियन्त्रण गर्न चकलेटमा भन्सार कम गरिएको उनले स्पष्ट पारे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विप्रेषण र राजस्वका आधारमा मुलुक दिगोरूपमा सञ्चालन हुन नसक्ने बताउँदै स्वदेशी कच्चापदार्थ प्रयोग हुने उत्पादनशील उद्योगलाई आवश्यक सहयोग गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रदेश सरकारले वाणिज्य पूर्वाधार लगानीले यस क्षेत्रमा निजी क्षेत्रलाई उद्योग व्यापार स्थापनामा सहयोग पुगेको विचार राखे । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कृषि क्षेत्रमा यान्त्रिकीकरण र व्यावसायीकरणले उत्पादन वृद्धि हुने चर्चा गर्दै भारतको बथनाहाबाट विराटनगरको बुद्धनगरसम्म चाँडै सञ्चालन ढुवानी रेल सेवाबाट औद्योगिकीकरणमा मद्दत पुग्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले केही वर्ष अगाडि सुनसरी मोरङ औद्योगिक क्षेत्र केन्द्रका रूपमा रहेकामा वर्तमान अवस्थामा चौथो स्थानमा पुगेकोमा चिन्ता व्यक्त गर्दै किसानलाई समयमा रासायनिक मल प्राप्त गर्नका लागि निजी क्षेत्रलाई मल आयात अनुमति दिँदा कुनै विकृति नआउने प्रष्ट पारे । उनले मुलुक आगामी दिन आर्थिकरूपमा चुनौतीपूर्ण हुने बताउँदै राष्ट्रप्रति जिम्मेवारी रहँदै निजी क्षेत्रले यसको समाधानका लागि आवश्यक सुझाव दिएको जानकारी दिए ।

सङ्घका प्रदेश अध्यक्ष टीकाराज ढकाल, सङ्घका केन्द्रीय उपाध्यक्ष अञ्जन श्रेष्ठ, केन्द्रीय सदस्यद्वय अविनाश बोहरा, डिल्ली बस्नेत, पूर्वकेन्द्रीय अध्यक्ष चण्डीराज ढकाल, पूर्वउपाध्यक्ष किशोर प्रधान, पूर्वप्रदेश अध्यक्ष नरेन्द्र खड्का, बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष श्रीकृष्ण शर्मा, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, भोजपुर जिल्ला अध्यक्ष कर्ण मोक्तानलगायतले राज्यले साना तथा ठूलो उद्योग स्थापनामा आवश्यक सहयोग एवं सहुलियत प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ७ : ४८ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा