कालीकोटमा रास्कोट नगरपालिकाले नगर बस चलाउने « Khabarhub

कालीकोटमा रास्कोट नगरपालिकाले नगर बस चलाउने


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षाभत्ता घरआँगनमा वितरण, जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, द्वन्द्वपीडित, विपन्न दलित परिवारका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनका लागि ‘मेयर छात्रवृत्ति कोष स्थापना’, रास्कोट बहुमुखी क्याम्पस सञ्चालन गर्ने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

रास्कोट नगरपालिकाको पहिचानसहित लोगो कायम गरिने, वातावरण संरक्षणका लागि रास्कोट नगरपालिकाको लोगोसहितको झटपट झोला वितरण गरिने, रास्कोट कोसेली घर स्थापना, एक घर एक धारा कार्यक्रमद्वारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार, पर्यटन प्रवद्र्धनका लागि होमस्टे स्थापना, नागरिक निर्जीवन दुर्घटना बीमा कार्यक्रमको निरन्तरता र रास्कोट नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्ने गरी बजेट ल्याएको प्रमुख शाहीको भनाइ छ ।

आरसिपी बजारको विस्तृत सर्वेक्षण गरी व्यवस्थापन गरिने, जल, जङ्गल, जमिन र जनश्रमको परिचालन गर्न नीति अवलम्बन गरिने, पूर्वाधार विकासका लागि भौतिक संरचनाको स्तरोन्नति गरिने, बजेटको उद्देश्य हासिल गर्न प्राथमिकता कायम गरी सङ्घ, कर्णाली प्रदेश निजी क्षेत्रसँग साझेदारीका आधारमा सहकार्य गरिने, कृषि आधुनिकीकरण, व्यावसायिकीकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याउने तयारी रहेको उपप्रमुख मनिराज बरालले बताए । रासस

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : २४ बजे

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा