बंगलादेश र पाकिस्तानमा अल्पसंख्यकको सुरक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग « Khabarhub

बंगलादेश र पाकिस्तानमा अल्पसंख्यकको सुरक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा नाराइल सदर उप जिल्ला स्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला लगाइएको घटनाप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै साे घटनाप्रति दु:ख व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

बंगलादेश र पाकिस्तानमा हिन्दुत्वविरोधि जिहादी घटनाहरू पटक–पटक सतहमा आइरहेका छन् ।

उनीहरूले त्यहाँको सरकार हिन्दुहरूको सुरक्षाको विषयमा अति गैरजिम्मेवार रहेको देखिएको बताइएको छ ।

अभियानका अध्यक्ष विनय यादवले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “ती सरकारहरूले जिहादीहरूको गतिविधिमा रोक लगाउन अक्षम देखिएको हुनाले राष्ट्रिय एकता अभियान पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि ती मुलुकहरूमा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दछ ।”

उक्त कलेजको एक छात्रले भाजपा नेत्रृ नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेको थियो । कलेजमा त्यस छात्रलाई केही मुस्लिम छात्रहरूले पोस्ट डिलिट गर्न डरधम्की देखाई दबावसमेत दिएका थिए ।

यसमा प्रिन्सिपलले छात्रको पक्ष लिएको भन्दै जिहादी छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो लगाएका थिए । यसपछि ती छात्रहरू र स्थानीय जिहादीहरूले धर्मको अपमान गरेको आरोप लागउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : ४७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र