नवनियुक्त मन्त्रीलाई माधव नेपालको कडा निर्देशन « Khabarhub

नवनियुक्त मन्त्रीलाई माधव नेपालको कडा निर्देशन


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।

उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सुझाव दिएका हुन् । मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उच्च हुने गरी काम गर्नुपर्ने बताएका हुन् ।

पार्टीका तर्फबाट जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : १० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल