समवेदना व्यक्त गर्न विजुक्छेँको घरमा पुगे केपी ओली‌ « Khabarhub

समवेदना व्यक्त गर्न विजुक्छेँको घरमा पुगे केपी ओली‌


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-  पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै विजुक्छेँ निवास पुगेर नेमकिपा अध्यक्ष विजुक्छेँको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
क्यान्सर रोगको उपचारको क्रममा बिजुक्छे पत्नी शोभाको हालै निधन भएको थियो ।भेटमा ओलीले नेपालमा जटिल रोगका औषधिको सहज उपलब्धता हुन नसक्नु दुःखद अवस्था रहेको बताए ।
क्यान्सर रोगको औषधि नेपालमा उपलब्ध पाउन कठिन रहेको र सरकारले कुनै पहल नगर्दा निःशुल्क पाउन सकिने औषधिबाट नेपाली वञ्चित हुन परेको विजुक्छेंले सो अवसरमा अध्यक्ष ओलीलाई जानकारी गराए । विजुक्छेँले आम नागरिकलाई विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गरी प्रत्यक्ष रूपमा नेपालीलाई स्वास्थ्य सुविधा दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ०६ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली