स्थानीय निर्वाचनले अब एमालेले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको छ: केपी ओली « Khabarhub

स्थानीय निर्वाचनले अब एमालेले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको छ: केपी ओली


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन परिणामले अब हुने निर्वाचनमा पार्टीले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको बताएका छन् ।

पार्टीको प्रचार तथा प्रकाशन विभागको २०७९ असार १६ गते बसेको बैठकमा अध्यक्ष ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू योजनाबद्धरूपमा एमालेविरूद्ध एक हुँदा पनि लोकप्रिय मतमा पार्टी पहिलो भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा निर्वाचित सिटसंख्या केही कम आएकोमा भन्दा आफूलाई पार्टीभित्र देखिएको प्रवृत्तिले चिन्तित बनाएको बताए । अध्यक्ष ओलीले पार्टीभित्रको डरलाग्दो प्रवृत्तिको उपचार आगामी निर्वाचन अघि नै खोजिने छ भने ।

बैठकमा अध्यक्ष ओलीले स्थानीय निर्वाचनको समग्र पाटोको चर्चा गर्दै १५० पालिकाका प्रमुख पद पार्टीभित्रको अन्तर्घातका कारण गुमाउनु परेको तथ्य राखेका थिए ।

अध्यक्ष ओलीले भने– यसपटकको चुनावमा प्रशासनिक धाँधलीले सीमा नाघ्यो । प्रहरी प्रशासन यति धेरै दुरूपयोग गरियो कि २०१५ सालदेखि हालसम्मको चुनावमा यति धेरै दुरूपयोग कहिल्यै भएको थिएन ।

उनले अगाडि थपे–मतको आधारमा एमाले नै पहिलो पार्टी बनेको छ, काँग्रेस दोस्रोे । यो तथ्य जनताले नबुझुन् भनेर प्रतिक्रियावादी र गठबन्धनका मान्छेहरू एमालेलाई हरायौं भनिरहेका छन् ।

अध्यक्ष ओलीले बैठक अघि स्थानीय तह निर्वाचनमा विभागको कार्ययोजना बमोजिम प्रचारको काममा सहयोग गर्नुहुनेहरूलाई धन्यवाद पत्र प्रदान गरे ।

बैठकमा विभागद्वारा प्रस्तुत आठबुँदे कार्ययोजना पारित गरिएको छ ।

अध्यक्ष ओलीले कार्ययोजना राम्रो रहेको र प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन समेत दिए ।

पार्टीका उपमहासचिव तथा विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा प्रतिवेदन र विभागको कार्ययोजना पारित गरेको केन्द्रीय कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख बिष्णु रिजालले बताए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ११ : २८ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका