गायनसँगै अभिनयमा प्रविशा « Khabarhub

गायनसँगै अभिनयमा प्रविशा


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका प्रविशा अधिकारी दशक अगाडि ‘बिदाइ’ फिल्मको गीतबाट पाश्र्वगायनमा प्रवेश गरेकी थिइन् । फिल्म ‘कसलाई दिऊँ यो जोवन’ मा समावेश गीत ‘तिमी जहाँ छौ’ बोलको गीत गाएर बढी चर्चामा आएकी थिइन् । ‘मायाले बाँध्यो यसरी’, ‘फूल हैन’, ‘जिन्दगी नै भन्दिनँ’ आदि उनका लोकप्रिय गीत हुन् ।

दुई पुस्ताका लागि गीत गाउने भाग्यमानी गायिका मानिन्छन्, प्रविशा । उनले रेखा थापा, झरना थापादेखि  नयाँ पुस्ताकी एक्ट्रेस सुहाना थापाका लागि पनि गाएकी छिन । अर्थशास्त्रमा स्नातक प्रविशाले दुई सयभन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् । गायिका प्रविशा पछिल्लो समय व्यस्त गायिकामा पर्छिन् । फिल्मको पार्श्व गायनदेखि आधुनिक गीतहरूमा पनि प्रविशालाई आवाज भर्न भ्याई/नभ्याई नै छ ।

धेरै फिल्मकर्मी, गीतकार तथा संगीतकारको रोजाइ परिरहेकी छिन्, प्रविशा । प्रविशालाई गायिका बन्ने कुनै रहर थिएन । तर, जब उनले गीत गुनगुनाउँथिन् धेरैले उनको स्वरको तारिफ गर्थे । तर, गायिका नै बनेर करिअर बनाउँछु भन्ने सोच उनको थिएन । संगीतयात्रा अहिले जस्तो सजिलो पनि थिएन, त्यो समय । मूलधारमा प्रवेश गर्न निकै संघर्ष गर्नुपर्थ्यो । कि चिनेको मान्छ चाहिन्थ्यो ।

तर, प्रविशाले त्यो दुःख देखिनन् । उनलाई मूलधारमा छिर्न पनि सजिलो बाटो बनाइदिए चिनजानका दाइ रमेश राउतले । पाथिभरा एफएममा कार्यरत रमेशसँग रेडियो जिंगल गाउदा प्रविशाको भेट भएको थियो । उनै रमेशले प्रविशालाई गायक प्रमोद खरेलसम्म पुर्‍याइदिए । ०६४ सालको कुरा, प्रविशाले प्रमोदलाई भेटिन् । उनले प्रमोदलाई केही गीतका हरफहरु सुनाइन् । प्रमोदले प्रविशाको स्वर रुचाए। अनि उनले ‘बिदाई’ को फिमेल स्वर भरिन्। 

प्रविशालाई फिल्मकर्मीले पर्दामै देखिन् अफर पनि गरे । यद्यपि उनले स्विकारिनन् । तर, पछिल्लो समय भिडियोमा उनको उपस्थिति बलियो नै पाइन्छ । यसबाट पनि उनीमा अभिनयको रहर जागेको प्रष्ट हुन्छ । आफ्नो गीतको भिडियोमा देखिने प्रविशालाई पहिलेदेखि गाइरहेका मेलोडियस, सेमी क्लासिकल तथा फिल्मका गीतहरू गाउन कम्फर्ट लाग्छ। यी विधामा एक्पेरियन्स धेरै भएकाले गर्दा पनि होला। आफ्नो स्वरसँगै सुन्दरताले समेत दर्शकलाई आकर्षित गरिरहेकी प्रविशाले गत वर्ष पेशाले इन्जिनियर रहेका अमेरिका निवासी निर्माण सिटौलासँग लगनगाँठो कसेकी हुन् ।

 

 

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ११ : ३१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने