सदाबहार शक्तिशाली अमेरिकाको नालीबेली | Khabarhub Khabarhub

सदाबहार शक्तिशाली अमेरिकाको नालीबेली

जसको सैन्य बजेटमात्रै चीनको भन्दा तेब्बर बढी छ



काठमाडौं – अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली मुलुक हो । विश्वभर अमेरिकाको आर्थिक, सैनिक एवम् रणनीतिक प्रभाव अरु मुलुकको भन्दा धेरै छ । अमेरिका अन्तर्राष्ट्रिय रुपमा मात्रै होइन, आन्तरिक रुपमा पनि उत्तिकै सबल एवम् मजबुत रहेको छ । अमेरिकी कम्पनी, अमेरिकी चलचित्र वा अमेरिकी कलाकारलाई विश्वले चिन्दछ ।

आखिर के छ जसले अमेरिकालाई अरु मुलुकभन्दा भिन्न वा सबल बनाउँछ ? आज हामी त्यस्तै केही प्रश्नको जवाफ खोज्ने प्रयास गर्दैछौँ ।

मित्रराष्ट्र अमेरिका सुन्दर मुलुक हो । यो मुलुक जैविक, सांस्कृतिक, भौगोलिक विविधताले भरिपूर्ण छ । अमेरिका आकार र जनसंख्याका हिसाबमा पनि उत्तिकै ठूलो छ ।

रुस, क्यानाडा र चीनपछि क्षेत्रफलको हिसाबमा विश्वको चौथो ठूलो मुलुक अमेरिका जनसंख्याका हिसाबमा पनि चीन र भारतपछि तेस्रो ठूलो मुलुक हो । तर, सुन्दरता, विविधता वा जनसंख्या एवम् क्षेत्रफलमा ठूलो भएकाका कारणले मात्र यो मुलुकको चर्चा हुँदैन ।

अमेरिका संसारकै सबैभन्दा शक्तिशाली मुलुक हो । यो मुलुक मानव इतिहासकै सबैभन्दा शक्तिशाली मुलुक हो भन्दा पनि फरक नपर्ला । किनकी इतिहासको पाना देखा परेका सर्वशक्तिमान् फारसी, महान् अलेक्जाण्डरको मेसोडोन, रोमन, मंगोलस्ता साम्राज्यसँग अहिले अमेरिकासँग रहेकोजस्तो आर्थिक सैन्य एवम् सांस्कृतिक प्रभाव सीमित थियो ।

जैविक, सांस्कृतिक, भौगोलिक विविधताले भरिपूर्ण अमेरिका आकार र जनसंख्याका हिसाबमा उत्तिकै ठूलो छ । रुस, क्यानाडा र चीनपछि क्षेत्रफलको हिसाबमा विश्वको चौथो ठूलो मुलुक हो अमेरिका । आखिर के छ जसले अमेरिकालाई अरु मुलुकभन्दा भिन्न वा सबल बनाउँछ ?

आर्थिक क्षेत्र अमेरिकाको सबैभन्दा सबल पक्ष हो । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । यहाँको कूल ग्राहस्थ उत्पादन सन् २०२१ मा २ सय ३० खर्ब अमेरिकी डलर आसपास रहेको छ । तुलना गर्दा अमेरिकामा विश्वको कूल ५ प्रतिशतजति मानिसको बसोबास रहेको छ । तर, यहाँको कूल ग्राहस्थ उत्पादन विश्वको कूल ग्राहस्थ उत्पादनको २४ प्रतिशत आसपास रहेको छ ।

यसबाहेक अमेरिकाको मुद्रा अमेरिकी डलर विश्वकै सबैभन्दा शक्तिशाली सञ्चिती मुद्राका रुपमा पनि स्थापित छ । तेल, सुन, ग्यास, अन्नजस्ता महत्वपूर्ण वस्तुको अन्तर्राष्ट्रिय विनिमयमा पनि अमेरिकी डलरको नै प्रयोग हुँदै आएको छ ।

यहीकारण अमेरिकाले आफ्नो आर्थिक प्रभावको प्रयोग गरी रुस, उत्तर कोरिया, इरानजस्ता मुलुकमाथि आर्थिक प्रतिबन्धको घोषणा पनि गर्दै आएको छ ।

अर्कोतर्फ अमेरिकाको वित्त बजार विश्वको सबैभन्दा उन्नत मानिन्छ । यहाँ स्थापित न्युयोर्क स्टक एक्सचेन्ज, डाउ जोन्स, एसएनपी ५०० जस्ता धितोपत्र बजार विश्व वित्त बजारकै सबैभन्दा महत्वपूर्ण मानिन्छन् ।

केही विश्लेषकले भने अमेरिकी संस्कृतिकै कारण यस्तो भएको समेत बताउँदै आएका छन् । हार्डवर्ड विश्वविद्यालयका मार्टिन फेल्डिस्टाइनका अनुसार अमेरिकी संस्कृति एवम् व्यक्तिवादी समाजिक विचारका कारण अमेरिकी प्राकृतिक रुपमा नै व्यवसायका लागि उत्साहित हुने गरेका छन् । अमेरिकामा ७ हजार भन्दा धेरै साना बैंक एवम् वित्तीय संस्था स्थापित छन् ।

विकेन्द्रिकृत अवधारणाअनुसार स्थापित यी बैंकले दिने सेवा पनि उत्तिकै सहज, सरल र झन्झटमुक्त हुने गरेका छन् । सोहीअनुसार अमेरिकी नागरिकलाई आफ्नै कुनै व्यवसाय स्थापना गर्नका लागि पुँजीको जोहो गर्न पनि कठिन नहुने बताइन्छ ।

अर्कोतर्फ शिक्षा प्रणालीले अमेरिकालाई विश्वका अरु मुलुकभन्दा भिन्न बनाउँछ । अमेरिकामा उत्कृष्ट शोध विश्वविद्यालय स्थापित छन् । यहाँ दिइने शिक्षा, गरिने शोध एवम् विदेशबाट आकर्षित भएर अमेरिका आउने आप्रवासी विद्यार्थीले पनि अमेरिकी अर्थतन्त्रमा टेवा पुर्याउने गरेका छन् ।

यसबाहेक अमेरिकी श्रम बजार पनि खुला, उदार एवम् ट्रेड युनियनबाट मुक्त छन् । एउटा तथ्यांक अनुसार अमेरिकी श्रम बजारमा रहेका केबल ७ प्रतिशत मात्रै कामदार युनियनमा आबद्ध छन् । यसबाट कार्यक्षेत्रमा युनियनद्वारा हुने राजनीतिक हस्तक्षेप नहुने र श्रमिकको कार्यक्षमता पनि वृद्धि हुने बताइन्छ ।

अर्कोतर्फ शिक्षा प्रणालीले अमेरिकालाई विश्वका अरु मुलुकभन्दा भिन्न बनाउँछ । अमेरिकामा उत्कृष्ट शोध विश्वविद्यालय स्थापित छन् । यहाँ दिइने शिक्षा, गरिने शोध एवम् विदेशबाट आकर्षित भएर अमेरिका आउने आप्रवासी विद्यार्थीले पनि अमेरिकी अर्थतन्त्रमा टेवा पुर्याउने गरेका छन् ।

उदार आप्रवासन नीतिका कारण दक्ष जनशक्तिले अमेरिकामा वैधानिक रुपमा नै बसाइँ सरेर त्यहाँ काम गर्न सक्ने र कालान्तरमा अमेरिकी नागरिक नै बस्न पाउने व्यवस्था छ । यसले पनि विश्वभरका दक्ष जनशक्ति अमेरिकातर्फ आकर्षित हुने र यसबाट पनि अमेरिकी अर्थतन्त्रमा टेवा पुग्ने बताइन्छ ।

यस्तै, अमेरिकाको सरकारी नीति पनि व्यवसायलाई प्रोत्साहन गर्ने किसिमका छन् । अमेरिकामा जुनसुकै पार्टीका उम्मेदवारले चुनाव जितेपनि यहाँ खुकुलो पर्यावरण नियम उदार कर नीति, खुला श्रम बजार, प्रतिस्पर्धामा आधारित पुँजीवादी व्यवस्थालाई प्रोत्साहन गर्दै आएको छ । यसबाट पनि अमेरिकामा व्यापार, व्यवसाय, उद्योग लगायत आर्थिक पाटाहरु प्रोत्साहित हुने गरेका छन् ।

विकेन्द्रीकृत राजनीतिक प्रणाली अमेरिका समृद्ध हुनुको अर्को कारण हो । अमेरिकाभित्र ५० वटा राज्य अस्तित्वमा छन् । यी सबै राज्य अमेरिकाको संघीय प्रशासनको मातहतमा रहेपनि सबै राज्यहरु आ–आफ्ना कानून निर्माण गरी लागू गर्दै आएका छन् ।

यी राज्यमा आ–आफ्नै शैलीका राजनीतिक मुद्दाहरु, राजनीतिक संस्कृति, राजनीतिक परिवेश विद्यमान छन् । अमेरिका आन्तरिक रुपमा मात्रै होइन वाह्य रुपमा पनि उत्तिकै सबल छ । अमेरिकाको सैन्य शक्ति र सांस्कृतिक कारणबाट पनि अमेरिकाले आफ्नो प्रभाव विस्तार गर्दै आएको छ ।

विश्वका विभिन्न कुनामा ८ सय भन्दा धेरै अमेरिकी सैनिक अखडाहरु स्थापित छन् । यसको माध्यमबाट अमेरिकाले विश्वको जुनसुकै स्थानमा पनि जुनसुकै समयमा पनि सैनिक आक्रमण गर्न सक्छ । अमेरिकाको सैनिक तैनाथी दोस्रो विश्वयुद्ध यता कोरिया, भियतनाम, अफगानिस्तान, इराकजस्ता मुलुकमा देखिएका छन् ।

अमेरिकाका केही सैनिक अभियान असफल भएपनि समग्रमा सैनिक रणनीति एवम् तैनाथी भने यी विदेशी युद्धमा सफल नै रहेको बताइन्छ । यतिमात्रै नभई अमेरिकाको हतियार उद्योग पनि उत्तिकै शक्तिशाली छ । अमेरिकासँग विश्वको सबैभन्दा नवीन एवम् अत्याधुनिक हतियारको भण्डार रहेको छ ।

बोइङ, रेथियन, लकहिड मार्टिन जस्ता अमेरिकी हतियार निर्माता कम्पनी विश्वमै सबैभन्दा अत्याधुनिक एवम् नवीन हतियार निर्माणका लागि प्रख्यात रहँदै आएका छन् । यी कम्पनीले हतियार मात्रै विकास गरिरहेका छैनन् यसबाट श्रम बजारमा लाखौँ मानिसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा रोजगारीको पनि पाइरहेका छन् ।

अमेरिकाका केही सैनिक अभियान असफल भएपनि समग्रमा सैनिक रणनीति एवम् तैनाथी भने यी विदेशी युद्धमा सफल नै रहेको बताइन्छ । यतिमात्रै नभई अमेरिकाको हतियार उद्योग पनि उत्तिकै शक्तिशाली छ । अमेरिकासँग विश्वको सबैभन्दा नवीन एवम् अत्याधुनिक हतियारको भण्डार रहेको छ ।

यसबाहेक अमेरिकाले विश्वका महत्वपूर्ण मुलुकसँग साझेदारी पनि गरेको छ । उदाहरणका लागि उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा आबद्ध ३० वटा मुलुकसँग अमेरिकाको बहुपक्षीय सुरक्षा सन्धि स्थापित छ ।

फ्रान्स, जर्मनी, बेलायत, इटाली, टर्कीजस्ता मुलुक सदस्य रहेको यस संगठनको सन्धिअनुसार तेस्रो मुलुकले कुनै नेटो सदस्यमाथि आक्रमण गरेको खण्डमा उक्त आक्रमण सबै सदस्य मुलुकमाथिको आक्रमण ठानेर प्रतिवाद गर्ने उल्लेख छ ।

नेटोबाहेक अमेरिकाले मुलुकहरु जापान, दक्षिण कोरिया, इजरायल, अष्ट्रेलियाजस्ता मुलुकसँग पनि सुरक्षा, रणनीतिक एवम् सामरिक सझेदारी गर्दै आएको छ । विश्वभर सैनिक व्यवस्थापन, अत्याधुनिक हतियार खरिद, बन्दोबस्तीका सामान एवम् नयाँ रणनीति विकासका लागि अमेरिकी रक्षा खर्च पनि अचाक्ली धेरै छ ।

आर्थिक वर्ष सन् २०२१ का लागि अमेरिकाको रक्षा खर्च करिब ७ खर्ब ५४ अर्ब अमेरिकी डलर रहेको छ । दोस्रो स्थानको चीनको रक्षा खर्च २ खर्ब ३० अर्ब डलर आसपास रहेको छ । यसबाट पनि अमेरिकाले आफ्नो प्रभाव कायम एवम् विस्तार गर्दै आएको छ ।

यस्तै, अमेरिकाले विश्वका विकासशील एवम् अल्पविकसित मुलुकलाई आर्थिक सहयोग पनि गर्दै आएको छ । अमेरिकाले विदेशी सहयोगका लागि मात्रै आर्थिक वर्ष २०२३ का लागि ६० अर्ब ४० करोड डलर बराबरको बजेट पेश गरेको छ । अर्कोतर्फ अमेरिकाको संस्कृति उद्योग पनि उत्तिकै व्यापक छ । अमेरिकी चलचित्र उद्योग हलिउडको प्रभाव विश्वभर कायम छ ।

अमेरिकामा हरेक वर्ष ७ सयभन्दा धेरै चलचित्रहरु निर्माण हुने गरेका छन् । यीमध्ये पनि महङ्गो लगानीमा निर्मित, अत्याधुनिक प्रविधिको प्रयोग, उत्कृष्ट कथावस्तु समेटिने हलिउडबाट मात्रै हरेक वर्ष २ देखि ३ सय चलचित्रहरु निर्माण हुने गरेका छन् । हलिउडका चलचित्रमात्रै नभई सङ्गीत पनि विश्वभर उत्तिकै लोकप्रिय छन् ।

संसारमा थोरै मात्र मानिस होलान् जसलाई कुनै एउटा अमेरिकी कलाकार वा सेलिब्रेटीको नाम आउँदैन । यसबाट पनि विश्वमा अमेरिकी संस्कृतिले पारेको प्रभावबारे स्पष्ट हुन्छ ।

आखिर अमेरिका कसरी यस्तो शक्तिशाली बन्न पुग्यो त ? धेरै विश्लेषकले अमेरिकी संविधान एवम् अमेरिका स्थापना हुँदा संस्थापकले लागू गरेको नीतिलाई जस दिने गरेका छन् । सन् १७७६ मा अमेरिका बेलायतबाट स्वतन्त्र हुने बेला अमेरिकासहित युरोपेली मुलुकहरुमा उदारवाद, पुँजीवाद, व्यक्तिगत अधिकार, विकेन्द्रीकरण, प्रतिस्पर्धात्मक व्यवस्था लगायतका राजनीतिक दर्शनले जरा गाढेका थिए ।

कुलीन व्यवस्थामा आधारित युरोपभन्दा बिल्कुल फरक शैलीको राज्यव्यवस्थाका लागि अमेरिकी संस्थापकले पहल गरेका थिए ।
जर्ज वाशिंटन, टमस जेफर्सन, बेन्जामिन फ्राङ्कलीन, जेम्स म्याडिसन, अलेक्जाण्डर ह्यामिल्टनजस्ता संस्थापक अमेरिका स्थापना हुने बेला युरोपको जस्तो सामाजिक संरचनाको विपक्षमा मात्रै थिएनन्, उनीहरुले इतिहासका सर्वशक्तिमान् साम्राज्यको बारेमा पनि अध्ययन गरेका थिए ।

सन् १७७६ मा अमेरिका बेलायतबाट स्वतन्त्र हुने बेला अमेरिकासहित युरोपेली मुलुकहरुमा उदारवाद, पुँजीवाद, व्यक्तिगत अधिकार, विकेन्द्रीकरण, प्रतिस्पर्धात्मक व्यवस्था लगायतका राजनीतिक दर्शनले जरा गाढेका थिए ।

रोमन साम्राज्य, फरसी साम्राज्य, महान् अलेक्जाण्डरको मेसेडोन साम्राज्यजस्ता साम्राज्यको अध्ययन गरेपछि संस्थापकले त्यसबेलाका लागि उपयुक्त राजनीतिक प्रणाली छनौट गरेको बताइन्छ । युरोपमा विद्यमान राजतन्त्रको विकल्पमा संस्थापकहरुले संघीयतामा आधारित लोकतान्त्रिाक गणतन्त्रको छनौट गरेका थिए । सोही आधारमा अमेरिकामा सन् १७८७ मा संविधान जारी गरिएको थियो ।

त्यसबेला विश्व मै क्रान्तिकारी मानिएको उक्त संविधानमा व्यक्तिगत स्वतन्त्रताको प्रत्याभूति, व्यक्तिगत जीवनमा शून्य सरकारी हस्तक्षेप, निजी व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टीजस्ता परिकल्पना गरिएका थिए ।

अवश्य पनि यस संविधानमा काला जाति, महिला एवम् अमेरिकाका आदिवासीलाई न्यून अधिकार दिइएको भनी आलोचना हुँदै आएको छ । तर, संसारका कुनै पनि दस्तावेज खोटरहित छैनन् । संसारकै सबैभन्दा सानो मानिने अमेरिकी संविधानमा पनि खोट देखाउने धेरै ठाउँ छन् । यद्यपि इतिहासमा बेलाबेला अमेरिकाले आफ्नो संविधानलाई संशोधन गरेर ती खोटलाई सुधार गर्दै आएको छ ।

(सीएनएन, द स्टेट्सम्यान, द हिष्ट्री च्यानल, केटो इन्स्टिच्युट लगायतको सहयोगमा)

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : ०६ बजे

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ

कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर

काठमाडौं – आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

काठमाडौं- मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या