‘हाम्रा शिक्षकले पाठ्यक्रम होइन, पुस्तक मात्र पढाउँछन्’ « Khabarhub

‘हाम्रा शिक्षकले पाठ्यक्रम होइन, पुस्तक मात्र पढाउँछन्’



बुधवार माध्यमकिक तह (एसईई)को नतिजा सार्वजनिक गरियो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भए । यसवर्ष परीक्षा दिने छात्र र छात्राको सङ्ख्या लगभग बराबर थियो । यस वर्षको एसईईको नतिजा समग्रमा कस्तो रह्यो, नेपालको शैक्षिक क्षेत्रको अवस्था कस्तो छ लगायतका विषयमा खबरहबका लागि शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालासँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

अहिले आएको एसईई नतिजालाई तपाईँले कसरी लिनुभएको छ ?

कमजोर व्यक्तिलाई प्रणालीमा राख्यौँ। कक्षा ११ मा कमजोर विद्यार्थी पनि पुगे। योबाट शिक्षकले पनि नपढाए पनि हुनेरहेछ। विद्यार्थीले पनि नपढे पनि हुनेरहेछ भन्ने बुझे। अभिभावकले पनि यहाँको पढाइ काम रहेनछ भन्ने बुझे।

सरकारले पनि मन लागेको बेला नीति बदल्दो रहेछ। ३५ प्रतिशत काटेन भने ननग्रेडेड भन्ने र कहिले त्यही ग्रेडेड भन्ने सरकारको नीतिले गर्दा हामी बर्बादीतर्फ जाँदै रहेछौँ भन्ने सन्देश गयो। अक्षराङ्क पद्धति हामीले ल्यायौँ। तर, यसलाई शिक्षक, विद्यार्थी र अभिभावक कसैले पनि रुचाएनन्।

राष्ट्रिय परीक्षा र्बोडले त कोरोनापछि फिजिकल कक्षा लिन सकिएन र नतिजा राम्रो आएन भनेको छ त ?
यो सबै झुटो हो। किनभने परीक्षा बोर्डले मान्छेलाई एउटा कुरा थाहा हुनुपर्दछ। त्यो के भने त्रिभुवन विश्वविद्यालयले सबै विभागमा थेसिस स्पेस पीएचडी चलाउँछ। त्यहाँ विद्यार्थी आफैले अनुसन्धान गर्दछ र खोज्छ। तर, उसको डिग्रीसम्म पढाइ हुन्छ। त्यो चिन्तन स्कुलमा ल्याइदिएको भए विद्यार्थी आफैले खोज्थ्यो र ग्रेडिङ प्रणालीमा पनि केही अप्ठ्यारो हुँदैनथ्यो। शिक्षकलाई सोच्नुहोस् भनेर ए ल्याउनेलाई के गर्ने, त्यस्तै बी ग्रेड ल्याउनेलाई के गर्ने, क्रमशः सी, डी, ई ल्याउनेलाई के गर्ने भनेर शिक्षकहरूलाई क्रियाशील गराइदियो भने उसले पनि अनुसन्धान गर्थ्यो। तर, त्यस्तो केही गरिएन।

समग्रमा हाम्रो शिक्षा प्रणालीमा कहाँ समस्या देख्नुहुन्छ ?

पढाउने मान्छेको सोच पहिला जिम्मेवार बनाउने उनीहरूलाई हो। न्यूनतम रुपमा एसईई परीक्षामा विद्यार्थीलाई यति चाहिँ ल्याउनैपर्छ। यति ल्याइएन भने पछि पढ्न पाइँदैन भन्ने वातावरण सिर्जना गरियो भने यो समस्याको समाधान हुन्छ।

विद्यार्थीलाई जुन आकार दिनुपर्ने थियो, त्यो दिन सकिएन, यसमा हाम्रो पाठ्यक्रमको दोष छ कि शिक्षकको ?

हिजोको भाषामा विद्यार्थी काँचो माटो भए पनि अहिले उनीहरू जानकार व्यक्ति हुन्। आज उनीहरू शिक्षक भन्दा पनि अगाडि छन्। विद्यार्थीलाई थाहा भएको कुरा पनि शिक्षकलाई थाहा नहुनसक्छ। त्यसैले अब शिक्षक प्राध्यापक कसरी अगाडि बढ्ने भनेर चुनौती गरिदियो भने पुग्छ। डी, ए, ई ल्याउने केटाकेटीले कसरी पढ्यो र ए ल्याउनेले कसरी पढ्यो भन्ने पनि शिक्षकलाई थाहा हुनुपर्‍यो। यदि शिक्षकलाई यसबारेमा थाहा भयो भने कम अंक ल्याउने विद्यार्थीलाई कसरी राम्रो बनाउने भन्ने हुन्छ। त्यसपछि समस्या आफै हट्छ।

हामीसँग भएको पाठ्यक्रम पनि परिवर्तन गर्नुपर्ने भएको हो ?

जसरी ठूला होटलले बासी भातलाई नै भोलिपल्ट फ्राइ राइस बनाउँछन्। त्यसैगरी शिक्षकले पनि यो पाठ्यक्रमलाई मैले कसरी पढाउने कसरी नयाँ बनाउने भनेर संवाद गर्नलाई पालिकामा भएको शिक्षक महासङ्घमा बसेर संवाद गर्ने प्रक्रियाको थालनी गर्नुपर्दछ। पाठ्यक्रम भनेको त एउटा मरेको वस्तु हो। त्यसलाई कसरी सिँगार्ने भन्ने त शिक्षक तथा प्राध्यापकको हो। नेपालमा शिक्षकले केही नगर्ने र दोष जति सबै राज्य र सरकारलाई दिने प्रचलन छ।

अन्तर्राष्ट्रिय स्तरका विद्यालयमा पाठ्यक्रम पहिलाको नै हुन्छ। तर, त्यसलाई पढाउने तरिका फरक हुन्छ। हाम्रो शिक्षकले त पाठ्यक्रम पढाउँदैन, किताब पढाउँछ। घोकाउने विद्या छ। २१ औँ शताब्दीका विद्यार्थी सिर्जनात्मक, आलोचनात्मक क्षमता हुनुपर्दछ भन्ने तर आफूले पढाउँदा त्यही किताब जस्ताको तस्तै पढाउने त्यो त भएन नि ! कसरी विद्यार्थीलाई नयाँ कुरा सिकाउने यो पुस्तकमा भएका कुरा म भए यसरी लेख्थेँ भनेर पढाउने माथिबाट अह्राएको काम मात्र गर्ने काम भएको छ। जागिर मात्र पचाउने उनीहरूको ध्यान छ। बच्चा उत्पादन गरौँ शिक्षा क्षेत्रलाई उच्च गुणस्तर बनाऔँ भन्ने कुरामा उनीहरूको ध्यान छैन।

स्थानीय तहलाई कसरी परिचालन गर्ने, ७५३ तहका स्थानीय तहहरू सके बसेर पालिका पालिकाबीचको अन्तरपालिका प्रतियोगिताका कसरी गराउने, सहयोग कसरी गर्ने अन्तर्गत स्कुल सहयोग कसरी गर्ने भनेर संवाद गर्दा शिक्षक सङ्घ सङ्गठनहरू बिस्तारै अगाडि आउँथे। जिम्मेवारी यो हो भनेर भन्न सकिन्छ।

नेपालको शिक्षा क्षेत्रमा पनि राजनीति भएको छ। यसलाई कसरी लिनुभएको छ ?

दल आफैँमा समस्या होइन। यदि दल आफैमा समस्या हुन्थ्यो भने त क्युबाको पढाइ राम्रो नहुनु पर्थ्यो। तर, त्यहाँका डाक्टरहरू अन्तर्राष्ट्रिय जगतलाई काम लाग्छन्। नेपालमा कम्युनिष्टले जनवादी शिक्षाको नारा लगाए तर जनवादी शिक्षाको गफ लगाउन हुने तर कार्यान्वयन गर्न नहुने ? मिलेन भने त स्थानीयकरण गरौँ न। शिक्षक भनेको त एउटा स्वतन्त्र प्रणाली हो। तर, यो प्रणालीमा हामी जानै सकेनौँ किनभने नेतृत्वले उदासिनता देखायो।

कर्मचारीतन्त्र माथिबाट आएको आदेशमा मात्र कुद्ने भयो। शिक्षकले म त अह्राएको काम गर्ने हो भन्ने बुझ्यो। शिक्षक त स्वतन्त्र मालिक हो। उसले पाठ्यक्रमलाई कसरी परिवर्तन गर्ने, प्रविधि छैन भने त्यसको विकास गर्ने, कसरी नयाँ कुरा सिकाउने भन्ने उसको विषय हो।

कोरोनाका कारणले यो पद्धति खस्किएको हो त ?

कोरोनाका कारणले यो वर्षको शिक्षा प्रणाली बिग्रियो भनेर शिक्षक, विद्यार्थी, अविभावक कसैले पनि भन्न पाउँदैन। कोरोना आयो त यो विश्वव्यापी रूपमा आयो नि। त्यो बेला त बालबालिका घरमा नै बसे र घरको नै विज्ञान, सामाजिक, घरैको वातावरण अनुसारको पढ्न मिल्दैन ? त्यसमा विज्ञता बढाउन मिल्दैन ? डिग्री भनेको किताबको पाठ्यपुस्तकमा जे लेखेको छ त्यहीमा मात्र किन लागिपरेको ?

तिनै विद्यार्थीले विदेशमा गएर पढेर पनि त राम्रो गरेका छन्। आभिभावकले त्यो बुझ्नुपर्‍यो भन्न खोज्नुभएको हो ?

विदेशमा विद्यार्थीको क्षमता के छ त्यसका आधारमा पढाउने गरिन्छ। तर, हाम्रोमा भएको नै पाठ्यक्रम पढाउनुपर्छ भन्ने मान्यता छ। विद्यार्थीको रुचि क्षमताका आधारमा लैजाने हो भने हामी विद्यार्थीलाई विश्व विज्ञ बनाउन सक्छौँ।

हाम्रो पालिकामा भएको सीपमा, प्रविधिमा, ज्ञानमा जानकार व्यक्तिलाई स्कुलमा ल्याउने या विद्यार्थीलाई त्यहाँ पठाउन त्यो खालको वातावरण सिर्जना गर्न सकियो भने राम्रो हुन्छ। खर्च पनि कम लाग्छ।

यो अवस्था यस्तै रह्यो भने भोलिको मुलुकको भविष्य कस्तो देख्नुहुन्छ ?

शिक्षा पनि काम नलाग्ने हुनसक्छ र अर्थतन्त्र पनि ध्वस्त हुनसक्छ। तर मैले अर्को बाटो पनि छ। अबका केटाकेटी पुस्तकबाट भन्दा पनि प्रविधिबाट पढ्न चाहन्छन् त्यसको उत्पादन गर्नुपर्यो। यस्तो भयो भने केटाकेटीले गरी खाने र पढी खाने बीचको भेद छुट्याउन सक्छन्।

नेपालको शिक्षा क्षेत्रमा तपाईंहरूजस्तो विज्ञ व्यक्तिको भूमिका कतिको छ ?

हामीले नीतिहरू पनि लेख्यौँ। तर, त्यसलाई कार्यान्वयन गरिएन। पाठ्यक्रम अहिलेको समस्या होइन। शिक्षण कला हाम्रो समस्या हो। यो सँगसँगै परीक्षा गर्ने तौरतरिका समस्या हो।

धादिङको शिक्षकले खुला परीक्षा भनेर एउटा अभ्यास गर्नुभयो। गर्यो भने त्यो पनि सम्भव हुन्छ। तर, काम नगर्ने ठूल्ठूला कुरा गर्ने व्यक्ति काम पनि गर्दैनन्। अनि सरकारले पनि केही गरेन भन्दै आरोप मात्र लगाउँछन्। राजनीतिक दलका निम्ति पनि शिक्षकले काम गर्ने गरेका छन् भने बुझेर उनीहरूलाई अब्बल शिक्षक बनेर अध्यापन गराउन भन्नुपर्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : १० बजे

अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी फागुन २१ गतेको

राप्रपा उम्मेदवार कर्भिकाको उम्मेदवारी फिर्ता, अमेरिकी पीआर लिएको स्वीकार

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि

रुपन्देही–२ मा राप्रपाकी कर्भिकाले लिइन् उम्मेदवारी फिर्ता

लुम्बिनी– फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं

मनाङमा एमाले र राप्रपाले फिर्ता लिए उम्मेदवारी, कांग्रेसलाई समर्थन

मनाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा २ मा मनोनयन दर्ता