देशका  विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना   « Khabarhub

देशका  विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना  


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली भई अधिकांश भूभागमा मेघगर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा हुने भएको छ । साथै प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको बताइएको छ । आगामी २४ घण्टा देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरेखोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ तथा मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ०६ बजे

देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा

महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।