चाबहिलमा खाजा पसल सञ्चालिकाको हातखुट्टा बाधेर लुटपाट, पाँच जना पक्राउ « Khabarhub

चाबहिलमा खाजा पसल सञ्चालिकाको हातखुट्टा बाधेर लुटपाट, पाँच जना पक्राउ


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र प्रवेश गरी डकैती गरेको प्रहरीले जनाएको छ ।

लिम्बुलाई हातखुट्टा कपडाले र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायतका धनमाल डकैती गरेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो ।

पक्राउ पर्नेमा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन् । श्रेष्ठले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : ५८ बजे

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ