चाबहिलमा खाजा पसल सञ्चालिकाको हातखुट्टा बाधेर लुटपाट, पाँच जना पक्राउ | Khabarhub Khabarhub

चाबहिलमा खाजा पसल सञ्चालिकाको हातखुट्टा बाधेर लुटपाट, पाँच जना पक्राउ


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र प्रवेश गरी डकैती गरेको प्रहरीले जनाएको छ ।

लिम्बुलाई हातखुट्टा कपडाले र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायतका धनमाल डकैती गरेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो ।

पक्राउ पर्नेमा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन् । श्रेष्ठले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : ५८ बजे

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको

नीति तथा कार्यक्रममा समेटियो श्रम मन्त्रालयका ८ बूँदा

काठमाडौं – सरकारले आज संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष