९ सेकेन्डमा भत्काइएका भारतीय ट्वीन टावरको कथा | Khabarhub Khabarhub

९ सेकेन्डमा भत्काइएका भारतीय ट्वीन टावरको कथा

९ तलाबाट सुरु भएका दुई जुम्ल्याहा भवन ४० तलामा पुग्दा खरानी !



काठमाडौं – आइतबार नेपालसहित विश्वभरका सञ्चारमाध्यममा ९ सेकेन्डमा भत्काइएका भारतीय ट्वीन टावरको निकै चर्चा भयो । गैरकानूनी रुपमा निर्माण गरिएका नोइडाका दुई गगनचुम्बी भवन भत्काइएको भिडियो भारतीय सञ्चारमाध्यमबाटै भाइरल भएका थिए । जसको असर विश्वव्यापी छ ।

राजधानी नयाँ दिल्ली नजिक उत्तर प्रदेशको नोइडा सहरमा क्षेत्रमा अवैध रुपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन अर्थात ‘ट्वीन टावर’ आइतबार भत्काइदिएको थियो । जुन अदालतको आदेशबाट खरानी पार्नुअघि ती भवन बचाउँन पैँसाको खोलो बगाए पनि त्यो सम्भव हुन सकेन ।

अग्ला दुई गगनचुम्बी भवनहरूको निर्माण गैरकानुनी रहेको आरोप लाग्दै आएको थियो । विश्व सम्पदा सूचीमा रहेको राजधानी दिल्लीस्थित ऐतिहासिक कुतुब मीनारभन्दा अग्ला यी भवनको निर्माण गैरकानुनी रहेको भन्दै अदालतमा मुद्दा समेत परेको थियो ।
कुतुब मीनार भारतको राजधानी नयाँ दिल्लीस्थित महरौलीमा रहेको छ । इँटाबाट बनाइएको यस मीनारलाई भारतको महत्वपूर्ण ऐतिहासिक सम्पदा मानिन्छ ।

यसै मुद्दामाथि सुनुवाइपछि भएको फैसलामा सर्वोच्च अदालतले टावरहरू भत्काउन अनुमति दिएको थियो । अदालतको आदेशपछि अगस्ट २१ का लागि तय गरिएको यो काम नोइडा प्राधिकरणको अनुरोधमा २८ अगस्टसम्म लम्ब्याइएको थियो ।

सर्वोच्च अदालतले फैसला सुनाउँदै यी भवनको निर्माणमा नोइडा प्राधिकरण एवम् भवन निर्माता कम्पनी सुपरटेकबीच साँठगाँठ रहेको पाइएको समेत जनाएको थियो । सर्वोच्चले आफ्नै खर्च र नोइडा प्राधिकरणको निर्देशनमा भवन भत्काउन निर्मातालाई आदेश दिएको थियो।

यस भवन निर्माण परियोजनाको सुरुआत सन् २००४ मा भएको थियो । त्यसबेला उत्तर प्रदेशको न्यू ओख्ला इण्डस्ट्रियल डेभलपमेन्ट अथोरिटी (नोइडा)ले ‘सुपरटेक एमराल्ड कोर्ट’ नामक आवास परियोजना निर्माणका लागि नोइडा क्षेत्रको सेक्टर ९३ ‘ए’ मा जग्गा छुट्याएको थियो ।

पछि सन् २००५ मा परियोजना निर्माणको योजना पारित गरिएको थियो । प्रारम्भिक योजनाअनुसार यस परियोजनामा १४ वटा टावरहरुको निर्माण गरिने एवम् ९ वटा तला राखिने उल्लेख थियो । साथै त्यसबेला यहाँ किनमेल केन्द्र र बगैँचाको पनि निर्माण गरिने योजना अघि सारिएको थियो ।

सन् २००६ मा नोइडा प्राधिकरणले योजनामा संशोधन गर्दै यस परियोजनाका भवनमा दुई तल्ला थप्दै भुईँतल्ला समेत गरी ११ (जी प्लस ११) तले भवन बनाउन स्वीकृती प्रदान गरिएको थियो । यसबाहेक यही संशोधन अनुसार दुई टावर एवम् एक किनमेल केन्द्र गरी थप तीन भवनहरु बनाउन समेत उक्त परियोजनालाई स्वीकृती प्रदान गरिएको थियो ।

सन् २०१२ मा नोइडा प्राधिकरणले नयाँ योजनामा जुम्ल्याहा भवनलाई ४० तल्ला सम्म बनाउन स्वीकृत दिएको थियो । यद्यपि सो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुले उत्तर प्रदेशस्थित अल्लाहवाद उच्च अदालतमा ती भवनको निर्माण गैरकानूनी रहेको भन्दै मुद्दा दायर गरेका थिए ।

सन् २०१४ मा उच्च अदालतले मुद्दामाथि सुनुवाइ गर्दै ती भवन गैरकानूनी रुपमा निर्माण गरिएको भन्दै भत्काउन आदेश जारी गरेको थियो । यस्तै, अदालतले निर्माणकर्तालाई सो भवनका अपार्टमेन्टहरु खरिद गरेका खरिदकर्तालाई थप १४ प्रतिशत ब्याजसहित पैसा फिर्ता दिन समेत आदेश दिएको थियो । अदालतले भवन निर्माण गर्ने क्रममा नोइडा प्राधिकरणका अधिकारी एवम् निर्माणकर्ताबीच मिलेमतो भएको समेत औँल्याएको थियो ।

पछि नाइडा प्राधिकरण र भवन निर्माता कम्पनी सुपरटेकले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । वर्षौँको अदालती प्रक्रियापछि गत वर्ष सर्वोच्च अदालतले पनि ती भवनले भवन निर्माण संहिता पालना नगरेको भन्दै भत्काउन आदेश जारी गरेको थियो ।

यद्यपि एक वर्ष ढिला गरी गत आइतबार ती भवनहरु भत्काइएको छ । ती दुई गगनचुुम्बी भवनको उचाइ १०३ मिटर अर्थात् ३३८ फिट रहेको जनाइएको छ । भवन भत्काउनका लागि ३ हजार ७ सय किलो विस्फोटक पदार्थको प्रयोग गरिएको थियो । रोयटर्सका अनुसार विस्फोटको ९ सेकेण्डभन्दा कम समयमा नै ती भवनहरु ध्वस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भवन भत्काएसँगै आसपास कुनै क्षति भए/नभएकोबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ । अवैधानिक रुपमा धेरै भवनहरुको निर्माण भए पनि भारतमा भवन ध्वस्त पार्ने यस्तो कार्य निकै दुर्लभ मात्रै हुने गरेको बताइन्छ ।

ती भवन भत्काउनु अघि सो क्षेत्रमा रहेका हजारौँ मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । नजिकैका केही भवनमा भने धुलो नपसोस् भन्नाका लागि प्लास्टिकले छोपिएको थियो । भवन भत्काउने क्रममा नजिकै रहेका घरको छतमा बसेर स्थानीयहरुले चिच्याएर खुशीयाली मनाएका थिए ।

ट्वीन टावर भनेर चिनिइएका नोइडाका दुई भवनको नाम ‘एपेक्स’ र ‘केयन’ दिइएको थियो । ती भवन भत्काउने बेला सो क्षेत्रमा ट्राफिक प्रभावित भएको थियो भने भवन भत्काइसकेपछि धुलोको मुस्लो उडेको देखिन्थ्यो । अग्नि नियन्त्रकहरुले भवन भत्केपछि उत्पन्न धुलो कम गर्न पानीको फोहोराको प्रयोग गरेका थिए । भवन भत्काइसकेपछि सो स्थानमा ८० हजार टनको भग्नावशेष मात्र बाँकी रहेको जनाइएको छ ।

यद्यपि, उत्तर प्रदेश सरकारको वातावरण विभागले प्रदूषणको स्तर अनुगमन गर्न भत्काइएको स्थानमा ६ वटा विशेष धुलोप्रतिरोधी मेशिन जडान गरेको छ । भत्काइएको ठाउँ नजिकैको क्षेत्रमा आकाश र जमिनको सतहमा रहेको धुलोलाई ‘एन्टी स्मोग गन’ले हावामा पानीका थोपाहरू छर्केर तल झारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : ०२ बजे

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे