‘महिलाको सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक छ’ « Khabarhub

‘महिलाको सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक छ’


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परापूर्व कालदेखि आफूले वर्षभरी भोगेका पीडालाई गीतमार्फत बेदना पोख्ने तीज पर्व अहिले महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने महिला नेतृहरुको धारणा छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाललाई पहिला महिलालाई सहजरुपमा आफ्नो कुरा राख्ने अवस्था नभएकोले अब आर्थिकरुपले आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्ने लागेको छ।

“सुरुमा महिलालाई तीजका दिनमा मात्र बोल्ने अवस्था थियो, तर अहिले धेरै राजनीतिक परिर्वतन भएको छ, वर्षभरी नै महिलाको अधिकारको लागि आवाज उठाउन सकिन्छ”, उहाँले भन्नुभयो, “ महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा जरुरी छ।”

पछिल्लो समयमा महिलामाथि हिंसा, हत्या, बलात्कारजस्ता घट्ना बढ्दै गएकोप्रति उहाँलाई निकै चिन्ता लाग्छ। “महिलाको सामाजिक सुरक्षामा निकै चुनौति देखिएको छ”, मन्त्री भूसालले थपिन्, “तीज पर्वको अवसरमा यस्ता विकृतिको विषयमा देशभरका महिलाले आवाज उठाउन जरुरी छ, चेतनामूलक जागरणको अभियान चलाउन जरुरी छ।”

दिदीबहिनी, साथीहरुबीच पुनःमिलन गर्ने, सम्बन्धको पुनःताजकीकरण गर्ने सांस्कृतिक पर्वका रुपमा तीजलाई मनाएर खर्चिलो, भट्किलो तरिकाले मनाउने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ। “महिलाको विगतको आवाज अधिकार प्राप्तिका लागि थियो, अहिले मुलुक परिर्वतन भएको छ, अबको लडाइँ पूर्ण अधिकारको हुनुपर्छ’, उनले महिलालाई आग्रह गर्दै भनिन्, “तीजलाई धार्मिक भन्दा पनि सांस्कृतिक पर्वका रुपमा मनाउनुपर्छ, सामाजिक एकताको साझा धर्मका रुपमा मनाउनुपर्छ।’

उनले व्यक्तिगत रुपमा तीज नमनाउने भएपनि यो सामाजिक एकता, पारिवारिक एकताको रुपमा मनाउनुपर्छ भन्ने लाग्छ। “महिलालाई हरेक तरिकाले आत्मनिर्भर बनाउनका लागि प्रत्येक वर्ष फरक–फरक सन्दर्भमा मनाउँदा नि उपर्युक्त हुन्छ”, उनले थपिन, “अहिलेको जल्दोबल्दो विषय महिलाको सामाजिक सुरक्षाको विषय भएको छ, यो विषयलाई देश तथा विदेशमा रहेका सबै महिलाले एक भएर आवाज उठाउनुपर्छ जस्तो लाग्छ।”

नेपाली कांग्रेसकी नेतृ डा. डीला सङ्ग्रौलालाई राष्ट्रलाई बाँध्ने धार्मिक तथा सांस्कृतिक पर्व तीज हो भन्ने लाग्छ। “धार्मिकरुपमा हेर्दा प्रेम र सद्भावको पर्व हो”, उनले भनिन्,“अहिले प्रेम पति पत्नीबीच छैन, सासुबुहारीबीच छैन, माया, प्रेमको प्रतीक हो तीज।”

सांस्कृतिक हिसाबले सबैलाई जोड्ने पर्व भएको उहाँलाई लाग्छ। “महिलालाई आत्मनिर्भर बनाउने, आर्थिक सशक्तीकरण गर्ने पर्वका रुपमा यसलाई मनाउनुपर्छ, अब महिला आर्थिकरुपमा सबल हुनुपर्ने जरुरी छ।”

पहिला सानै उमेरमा बिवाह गर्ने, सासुको दमन शोषण थियो तर अहिले लोकतान्त्रिक गणतन्त्र आइसकेको हुनाले धरै परिर्वतन भइसकेको उहाँको बुझाइ छ। “पहिलाजस्तो श्रीमानको खुट्टाको पानी खाने चलन अहिले छैन, निराहार व्रत बस्नुपर्छ भन्ने छैन”, उहाँले थप्नुभयो, “महिलालाई आत्मनिर्भर बनाउनेतर्फ अब हाम्रो सोच हुनुपर्छ, महिला हिंसाको अन्त्यका लागि अभियान नै चलाउनुपर्छ।”

नेकपा (एमाले) पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई पनि पर्वका नाममा तडकभडक नगरी महिलाको आर्थिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणका लागि तीज पर्व मनाउनुपर्छ भन्ने लाग्छ ।

“पर्वका नाममा केही विकृति पनि थपिएको छ, खानपीन र गरगहनामा मात्र बढी ध्यान गएको जस्तो देखिन्छ”, उनले भनिन्,“ यो वर्षमा हुने खाने र हुँदा खानेबीच ठूलो विभेद् देखिएको छ, यस्तो भड्किलोपन हटाउनुपर्छ।”

उनलाई तीज पर्व महिलाको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको विषयलाई जोड्नुपर्छ भन्ने लागेको छ। “आस्था छ त्यस्लाई मान्नुपर्छ, तर महङ्गीको समय छ, मनाउन खर्चिलो छ” नेतृ शाक्यले थपिन,“अनुउत्पादक काममा खर्च गर्नु राम्रो होइन, महिलाको सशक्तीकरणजस्ता रचनात्मक काममा पर्व मनाउनु, सबैले मिलेर विकृति विसङ्गति हटाउँदै पर्व मनाऔं।”

नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाक्रीले राष्ट्रिय एकताको पर्वका रुपमा तीजलाई लिएकी छन्। “नेपाली पहिचानको चाडपर्व हो, पहिलाको तीज र अहिलेको तीजमा धेरै रुपान्तरण भएको छ”, पूर्वमन्त्रीसमेत रहेकी झाक्रीले भनिन्, “तीज पर्व असाध्यै धेरै महत्त्व दिएर मनाउने चलन छ, देश÷विदेश र अन्य धर्मसम्प्रदायका मानिसले पनि मनाउने गरेका छन्, त्यो राम्रो पक्ष हो।” नेपालीको संस्कृतिक पर्वलाई विश्वव्यापीरुपमा मनाउन थालेको र नेपाली संस्कृति विश्वमा प्रसारण भएकोप्रति खुशी लागेको छ।

यो पर्वमा अवसरमा आर्थिक चलायमान हुँदा राज्यलाई कर जुट्न र राष्ट्रिय एकता कायम गर्ने पर्वको पर्व हो भन्ने नेतृ झाक्रीलाई लाग्छ। महिला नेतृहरुले विगतको समयमा धेरे राजनीतिक परिर्वतन भएर आएको हुनाले तीज पर्वलाई परम्परागतरुपमा मनाउन भन्दा पनि महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक सशक्तीकरण गरी आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने जोड छ। रासस

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : ४४ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले