चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु « Khabarhub

 चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएको छ ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० वर्षिया जगिया कुमारी र १८ वर्षिया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् ।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

चट्याङ लागेर एउटै गाउँको एकै पटक तीन जनाको मृत्यु हुँदा सिङ्गो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : १५ बजे

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको

विश्व प्रविधि प्रभुत्व बढाउँदै चीन

काठमाडौं – चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको