चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु « Khabarhub

 चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएको छ ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० वर्षिया जगिया कुमारी र १८ वर्षिया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् ।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

चट्याङ लागेर एउटै गाउँको एकै पटक तीन जनाको मृत्यु हुँदा सिङ्गो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : १५ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा