'निराहार व्रत बसेर तीजमा नाच्दा बेहोस हुने डर हुन्छ' | Khabarhub Khabarhub

‘निराहार व्रत बसेर तीजमा नाच्दा बेहोस हुने डर हुन्छ’

‘स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्ने र तीज मनाउने गरौँ’


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आज हरितालिका तीज । हिन्दु नारीहरूको महान् चाड भनेर पनि तीजलाई लिइने गरिन्छ । आज तीजको दिन धेरै जना निराहार व्रत पनि बसिरहेका छन् । तीजमा नाचगान गर्ने धेरैको बानी भएकाले व्रत बस्दा कसरी बस्ने र के–के कुरामा ध्यान दिने भन्ने बारेमा पोषणविद् प्राध्यापक तथा डाक्टर उमा कोइरालासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

आज तीजको दिन धेरै महिला दिदीबहिनी व्रत बस्नु भएको छ, व्रत बस्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
व्रत कसरी बस्ने भन्दा पनि धेरै जनालाई थाहा छ । यो हरितालिका तीज महिला भनेको नखाएर निराहार बस्ने हो । यो परापुर्वक कालमा पार्वतीले महादेव स्वामी पाउ भनेर निराहार व्रत बसेको महिना हो । तर यो अहिले हाम्रो विचार जीवनशैली पनि परिवर्तन भएको छ । नखाई बस्नु पर्दछ भन्ने पनि यो छैन । कसैलाई म बस्छु भन्ने लान्छ भने बस्दा हुन्छ । सक्दिन बस्न भन्दा पनि हुन्छ । कसैले पानी फलफूल खाएर साबुदाना खाएर पनि बस्नु हुन्छ । त्यो आफूले कसरी ग्रहण गर्ने हो त्यो कुरामा भर पर्छ ।

कस्तो समस्या भएको महिलाले व्रत बस्नु हुँदैन ?
सामान्य त शरीरको प्रकृति अनुसार निराहार भनेको २४ घण्टा नखाने हो । जो व्यक्तिमा मधुमेह छ । उसले व्रत बस्नु हुँदैन । अन्य रोगको औषधिहरू खाई रहेकोले पनि बस्नुहुँदैन । गर्भवती महिलाहरूले र बच्चालाई दूध खुवाइरहेका महिलाहरू र खानासम्बन्धी डिसअर्डर खाना खानै पर्ने नखाए नकारात्मक असर गर्ने व्यक्ति बुढाबुढीहरुले बस्नु हुँदैन ।

फलफूल खाएर व्रत बस्नु र केही पनि नखाएर व्रत बस्नुमा हाम्रो शरीरमा फरक के छ ?
अहिले विभिन्न अध्ययनहरुले पहिलो २४ घण्टा व्रत बस्नु राम्रो हैन भनिएको थियो । तर अहिलेको अध्ययनले २४ घण्टा व्रत बस्नु एकदमै राम्रो हो भनेका छन् । हाम्रो शरीरमा भएको अनावश्यक तौललाई घटाउने, हाम्रो आयु बढाउने, मुटुसम्बन्धी समस्या हटाउन मद्दत गर्दा भनेर अध्ययनहरूले देखाएको छ । तर बस्न नसक्नेले फलफूल खाएर बस्दा पनि हुन्छ । त्यसले शरीर सफा गर्दछ । हामी नानाथरि खाएको हुन्छौँ । त्यसले कहिलेकाहीँ नखाएर फलफूलहरू मात्र खादा विकारहरू बाहिर फाल्ने, शरीरमा भएका विषालु पदार्थहरू बाहिर फाल्ने काम गरेको हुन्छ । त्यो फलफूलको रसहरूले शरीरलाई सफा गर्ने गर्दछ । अरू खानेकुरा नखाँदा शरीरमा भएको प्रोटिन र क्याल्सियमहरू पच्ने हुन्छ । जसले गर्दा शरीर हल्का पनि हुन्छ । सकारात्मक असर गर्दछ ।

तीजको बेला व्रत बसेका महिला के कारणले बेहोस हुने वा ढल्ने हुन्छ ?
त्यो सामान्यतया शरीर सुख्खा भएर नाच गान गर्दा पसिना जान्छ । शरीरमा पानीको मात्रा कम हुन्छ, गुल्कोजको मात्र घटेपछि त्यस्तो हुन्छ ।

दिन भरी भोकै बसेर बिहान बेलुका बढी चिल्लो खानेकुरा खादा कस्तो असर गर्दछ ?
पहिला तरल पदार्थ खाने । जुस सर्बत पानीहरू खाने । केही नखाँदा हाम्रो खानाको नली टाँसिन सक्छ । एकै चोटि साह्रो चिजहरू खादा त्यो नलीहरू फुट्ने सम्भावना हुन्छ । पहिला थोरै खाना खाने नरम खाना खाने र आधा घण्टा पनि बाछ नर्मल खाना राम्ररी चपाएर खाने चिल्लो बनाएर । र पेटलाई पचाउन पनि सजिलो हुन्छ ।

कतिपय भोलि बिहानसम्म पनि व्रत बस्नुहुन्छ, उहाँहरूलाई थप सहज होस भनेर के–के कुरामा ध्यान दिनु पर्दछ ?
धेरै गाह्रो भयो भने पानी खान सक्छु भन्नेले बिहान आफ्नो नृत्य कर्महरू सकेर पहिला काँडा पानीहरू चिया, दुध खाने अदुवाहरू चबाउने गर्नुपर्छ । जसले गर्दा घाँटीको नशाहरू खुल्छ । र त्यसपछि नरम खाना हलुवा नरम भात खाने र त्यसपछि सामान्य खाना खाँदा हुन्छ । व्रत बसेको भोलिपल्ट नै माछा मासु खादा हुन्छ शरीरलाई पचाउन गाह्रो हुन्छ ।

अन्तिममा, के सन्देश दिन चाहनुहुन्छ ?
चाडबाड मनाउनु पर्छ । यो हाम्रो धर्म र संस्कृति हो । हामी सबैले यसको जर्गेना गर्नु पर्दछ । आफ्नो इच्छा अनुसार स्वस्थ भएर मनाउनु पर्दछ । सबैलाई हरितालिका तीजको शुभकामना भन्न चाहन्छु । प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १ : १७ बजे

हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा

रवि प्रहरी हिरासतबाट छुटेपछि… (तस्बिरहरु)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

रविसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा, जीबीकी सहयोगी लीला हिरासतमै

गण्डकी- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय

दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन्