सिरिसेमा विद्यालय बनेपछि बालबालिकालाई सहज « Khabarhub

सिरिसेमा विद्यालय बनेपछि बालबालिकालाई सहज


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याङलुङ– स्थानीयको जनश्रमदानमा तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरिसेमा विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवन निर्माण गर्न नगरपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमले अपुग भएपछि स्थानीयले जनश्रमदान गरी सिरिजङ्गा आधारभूत विद्यालयको भवन निर्माण भएको हो । 

विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय भवन निर्माण भएको हो । सिरिसेमा विद्यालय भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु भएको छ । बाल कक्षामा २० विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताए ।

बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय जान बाध्य थिए । तर गाउँमै विद्यालय भवन बनेर पढाइ सुरु भएपछि यहाँका बालबालिकालाई सहज भएको छ । विद्यालय स्थापनासँगै आधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गर्ने तयारी भइरहेको नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए । 

विद्यालयमा बालबालिकालाई कम्प्युटर शिक्षाका साथै दृश्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ०५ बजे

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा– जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

जोखिमयुक्त क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानान्तरण र व्यवस्थापन गर्ने काम जारी

काठमाडौं- सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा

‘रेल सेवालाई व्यावसायिक बनाउन कार्गो सेवा विस्तार गर्नुपर्छ’

महेन्द्रनगर– नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो

चर्चामा माइकल ज्याक्सनको बायोपिक

काठमाडौं – अमेरिकी पप गायक तथा ‘किङ अफ पप’को उपमा