पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो « Khabarhub

पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ । निर्माण पक्षले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘राधा’ १० भदौदेखि प्रदर्शनमा आएको थियो । तर, सिनेमा हलहरूले राधालाई प्राइम टाइम र पर्याप्त शो नपाएको निर्माण पक्षको गुनासो छ ।

बेपत्ता श्रीमानको कथामा बनेको चलचित्रको निर्देशक सुवर्ण थापा हुन् । सिनेमामा सृष्टिका अलवा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमामा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले अभिनेता सौगात मल्लसँग सहकार्य गरेर सिनेमाको निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको