‘जनताको साथमा कांग्रेस’ अभियानका लागि प्रतिनिधि परिचालन « Khabarhub

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि प्रतिनिधि परिचालन


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ । 

केन्द्रले सञ्चालन गरेको अभियानलाई प्रभावकारी बनाउन जिल्लास्तरबाट पालिकामा एक-एक प्रतिनिधि खटाइएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । सभापति गौडेलका अनुसार जिल्ला प्रतिनिधिका रुपमा पार्टी पदाधिकारीलाई नै खटाइएको हो ।

जिल्ला कार्यसमितिका उपसभापति गोपालप्रसाद अधिकारीलाई डुडुवा गाउँपालिका, अर्का उपसभापति कृष्णबहादुर कार्कीलाई कोहलपुर नगरपालिका, सचिवद्वय सुधांशु कोइरालालाई नेपालगञ्ज उपमहानगरपालिका र सञ्जुकुमारी चौधरीलाई नरैनापुर गाउँपालिका, कोषाध्यक्ष यज्ञबहादुर बस्नेतलाई बैजनाथ गाउँपालिका, सहसचिवद्वय रेणुसिंह ठाकुरलाई जानकी र विनोदकुमार थारूलाई खजुरा गाउँपालिकामा जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ । 

यस्तै पार्टी प्रवक्ता डिल्ली गिरीलाई राप्तीसोनारी गाउँपालिकाको प्रतिनिधिका रुपमा खटाइएको सभापति गौडेलले बताए । यही मङ्सिंर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापनका लागि प्रतिनिधि खटाइएको हो । 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ५५ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको