जुम्लामा भूमिहीनको लगत संकलन हुँदै « Khabarhub

 जुम्लामा भूमिहीनको लगत संकलन हुँदै


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– भूमि आयोगले जुम्लाका भूमिहीनहरूको लगत संकलन गर्न थालिएको छ । आयोगको केन्द्रीय टोलीले यसका लागि जुम्ला पुगेर स्थानीय तहसँग सहकार्य गर्न सहमति गरेको हो । आयोगका सदस्य टेकबहादुर शाह, दाताराम खनाल सहितको टोली जुम्ला पुगेर लगत संकलनका लागि स्थानीय सरकारसँग सम्झौता गरेको  छ । भूमि आयोग जुम्लाका विज्ञ लक्ष्मी खत्रीका अनुसार दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोवासीहरू, व्यवस्थित गर्ने विषयमा हस्ताक्षर भएको छ  ।

सदस्य टेकबहादुर शाहले भूमिहीन र अव्यवस्थित बसोवास भएका नागरिकहरूको लगत संकलन अब स्थानीय तहले जोड दिने बताए । उनले सरकारको यो राष्ट्रिय अभियान सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए  । आयोगका सदस्य दाताराम खनालले आयोगको काम कर्तव्य, व्यवस्था, आयोग र स्थानीय तहको भूमिका विषयमा सहजीकरण गरे । उनले  भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बस्ती व्यवस्थापन गर्न सूचना आह्वान गर्ने, सोहीअनुसार लगत सुरु गरिने बताए  । 

यस्तै, जिल्ला अध्यक्ष तीर्थ बुढाका अनुसार स्थानीय तहमा अब भिन्नै शाखा हुनेछ । एक जना कर्मचारी स्थानीय तहले व्यवस्थापन गर्ने छ । उनका अनुसार स्थानीय तहले लगत संकलन गर्ने सूचना आह्वान गर्ने र लगत संकलन गर्ने बताए  । 

आयोगले अव्यवस्थित बस्ती व्यवस्थापन गर्न समेत सुरु गर्ने बताएको छ । ०७६ सालअघि कुनै स्थानमा बसोबास गर्ने व्यक्ति बसोवास गरिरहेको छ भने अव्यवस्थित वस्तीका विषयमा आवेदन दिन सक्ने बताइएको छ । जिल्ला अध्यक्ष बुढाका अनुसार भूमिहीनका लागि आयोगको मात्रै नभई स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकोले अत्यन्तै संवेदनशिल हुनुपर्नेमा जोड  दिए । 

 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ३ : १४ बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि