अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः 

१. सञ्चारसम्बन्धी कानुनहरू टुङ्गोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पञ्चवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पुर्‍याउनका लागि पहल गर्न आग्रह गरेको हो । 

२. रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा 

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको हो । विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।देशका प्रमुख शहर तथा राजमार्गहरूमा पनि द्रुत सवारी चार्जिङ स्टेसनको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ ।  यसैबीच, उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पेट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको पनि उल्लेख गरिन् ।

३. गौतमबुद्ध विमानस्थलबाट जजिरा र बीज एयरवेजले नियमित उडान गर्ने

कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ ।गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ गते देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।

४. पाशुपत क्षेत्रमा तिज व्रतालुकाे भिड

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइदै छ । देशभरका शिव मन्दिरहरूमा हिन्दु महिलाहरू पूजाआजा र नाचगान गर्दै तिज मनाइरहेका छन् । काठमाडौंको पाशुपत क्षेत्रमा रहेका विभिन्न पीठहरूमा पनि आज बिहानैदेखि महिलाहरूको भीड लागेको छ । पशुपति मन्दिर दर्शनका लागि पुगेका महिलाहरू नाचगानमा र टिकटक बनाउन व्यस्त देखिन्छन् । अघिल्ला वर्षहरूमा कोराेना महामारीका कारण ढुक्कले तीज मनाउन नपाएका महिलाहरू यसपालि खुलेरै तीज मनाइरहेका छन् ।

५. सिन्धुपाल्चोकको उर्लेनीमा पहिराले २१ घर जोखिममा

गत साउन २७ गते गएको पहिराको कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहेपनि पहिरोले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिए । अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहेको उनले बताए । 

६. अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ

सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५शम्भुनाथ नगरपालिका–१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।

७. भारतका गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिको सुचिमा

भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर रहेको छ । ब्लुमवर्गको अति धनाड्यको सूचीको ११ औँ नम्बरमा भारतका मुकेश अम्बानी रहेका छन् ।

८. इराकमा प्रदर्शन हिंसात्मक : १५ जनाको मृत्यु

इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो ।

बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ ।

९. केन्यासँगको निर्णायक खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

केन्यासँगको पाँचौँ तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । 

पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको छ ।

नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ । 

१०. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एक सय ५८ खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा १४ खेलका लागि ती खेलाडी र व्यवस्थापन तथा अफिसियल ३० गरी एक सय ८८ जनाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ४ : ३१ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव