कोभिड-१९ का कारण दक्षिण कोरियामा थप ७१ जनाको मृत्यु « Khabarhub

कोभिड-१९ का कारण दक्षिण कोरियामा थप ७१ जनाको मृत्यु


१४ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको पाइएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, मलेसियामा पछिल्लो विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ६ : १० बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय