भैरहवा भन्सारबाट ७०.९८ प्रतिशत राजश्व संकलन | Khabarhub Khabarhub

भैरहवा भन्सारबाट ७०.९८ प्रतिशत राजश्व संकलन


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षको पहिलो महिनामा पनि लक्ष्य पार गर्न सकेन । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयले ७० दशमलव ९८ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २९ प्रतिशतले कम हो ।

भन्सार कार्यालयलाई भन्सार विभागले साउन महिनाका लागि नौ अर्ब १४ लाख दुई हजार लक्ष्य दिएकोमा ६ अर्ब ३८ करोड ९३ लाख ४४ हजार राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले बताए ।

मासिक रुपमा राजश्व संकलन गर्न नसक्दा वार्षिक राजश्व संकलनको लक्ष्य पनि स्वतः प्रभावित हुन्छ । कार्यालयलाई एक खर्ब ६० करोड ३८ लाख ७८ हजारको वार्षिक लक्ष्य दिएकोमा कुल लक्ष्यको चार दशमलव ११ प्रतिशत योगदान हाल संकलित राजश्वले गरेको छ ।

गत आर्थिक वर्षमा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार लक्ष्य रहेकोमा ९१ प्रतिशत अर्थात एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २४ हजार राजश्व संकलन भएको थियो । गत आर्थिक वर्षको साउनमा लक्ष्य भन्दा पाँच दशमलव ५८ प्रतिशत बढि राजश्व संकलन गरेको थियो । 

नेपाल राष्ट्र बैकले अनिवार्य लाग गरेको प्रतीत पत्र र विभिन्न बस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार कार्यालयले भदौ यताबाट लक्ष्य अनुसारको राजश्व सकंलन गर्न सकेको थिएन । विगतका आठ महिनादेखि कार्यालयले लक्ष्य पार गर्न सकेको छैन । ५ पुसबाट लागू हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतीत पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको छ । 

लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा यसको प्रभाव वार्षिक लक्ष्यमा पर्ने देखिएको छ । लक्ष्य पार गर्न नसकेपनि भन्सार विभागले लक्ष्य बढाउदै लगेको सूचना अधिकारी पासवानले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल सरकारको निकासी पैठारी नियन्त्रण ऐन २०१३ के दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड १ को उद्देश्य प्राप्त गर्न १३ वैशाखबाट १० वटा शीर्षकको आयातमा पूर्ण बन्देज लगाएको थियो ।

३१ असारमा यसलाई निरन्तरता दिदैँ थप केही संशोधन गरी पैठारी पूर्ण बन्देज भएको बस्तुहरू कुरकुरे, लेज लगायतका वस्तु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तीन सय डलरभन्दा बढीका मोबाइल सेट, ३२ इन्च भन्दा ठूला रंगीन टिभी, जिप कार भ्यान, १५० सिसी माथिको मोटरसाइकल, सबै प्रकारको खेलौना र खेल्ने तास रहेको नेपाल राजपत्रमा उल्लेख छ । पूर्ण बन्देज लगाएको बस्तु मध्ये अधिकांश शीर्षकका वस्तु स्थलमार्गबाट नआई हवाई मार्गबाट आउने गरेको छ । 

यि बस्तु मध्ये भैरहवा भन्सारबाट पैठारी हुने आयातलाई असर गर्ने वस्तु जीपकार भ्यान र मोटरसाइकल हो । जिप कार भ्यान र मोटरसाइकलबाट कार्यालयले राजश्व संकलनमा ठूलो योगदान पाउने गरेको थियो । कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार हरेक महिना १० अर्बको हाराहारीमा लक्ष्य छ, नेपाल राष्ट्र बैकले विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको छ त्यसको असर हो । 

दैनिक ६-७ सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिले दुई सयको हाराहारीमा आयात भइरहेको छ । कार्यालयले सवारीसाधान, टायल मार्वल, एमएस विलेट, डिजेल, पेट्रोल, कोइला, मोबाइल फोन, पोलिथिन दाना, जर्दा खैनी, ग्लासलगायतका वस्तुबाट बढी राजश्व संकलन गरिरहेको थियो । 

मुख्यत १० बस्तुको आयातले हाल राजश्व संकलनमा केही योगदान गरेको छ । १५० सिसी सम्मको मोटरसाइकल मात्रै आयात खुला रहेकोले कार्यालयले मोटरसाइकलबाट १ अर्ब ४२ करोड ३५ लाख, पेट्रोलबाट २९ करोड ६ लाख ग्लेज टायलबाट २८ करोड २४ लाख, एम एस विलेट बाट २५ करोड ४२ लाख, सुपारीबाट २४ करोड, पीकअप, भयानबाट १६ करोड २५ लाख, मार्बल स्ल्याबबाट १५ करोड ८५ लाख, एलपी ग्यास १५ करोड ३० लाख, प्लास्टिक सीट फिल्म १० करोड २५ लाख र इलेक्ट्रिक कार जिप भ्यानबाट १० करोड २० लाख राजश्व संकलन भएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : ४४ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव