नेपाल बैंकबाट आइपिओ भर्दा सिआस्वा शुल्क नलाग्ने « Khabarhub

नेपाल बैंकबाट आइपिओ भर्दा सिआस्वा शुल्क नलाग्ने


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्ने ग्राहकले  धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपिओ भर्न सक्नेछन् ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । नेपाल भर २१९ शाखाहरू, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको उक्त बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

विगत केही वर्ष यता बैंकले छिटोछरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालमा  बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको  छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : २२ बजे

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको