बुहारीको कुटाइबाट ससुराको मृत्यु | Khabarhub Khabarhub

बुहारीको कुटाइबाट ससुराको मृत्यु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् ।

बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए । टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो ।

प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : २४ बजे

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन