केही दिनभित्रै कक्षा १२ को नतिजा प्रकाशन हुने  | Khabarhub Khabarhub

केही दिनभित्रै कक्षा १२ को नतिजा प्रकाशन हुने 


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अंक (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशनमा हुने बताए। हालको निर्देशिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । 

बोर्डले यसअघि भदौ १५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने र त्यसका लागि भदौ १४ गते बोर्डको बस्ने पूर्व योजना बनाएको थियो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : २५ बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम