उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिन निर्देशन  « Khabarhub

उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिन निर्देशन 


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन दिएकाे छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ ।

कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त हुन आएको भन्दै पार्टी कार्यालयले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि प्रकारको रकम माग गर्नु विधान विपरीत कार्य हुने विज्ञप्तिमा उल्लेख छ । 

तसर्थ कांग्रेसले त्यस्तो नगर्न/नगराउन  अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : ५१ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ