रामेछापको मन्थलीमा निर्मित चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ « Khabarhub

रामेछापको मन्थलीमा निर्मित चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ भएको छ ।

बागमती प्रदेश सरकारको पाँच करोड रुपैयाँ र मन्थली नगरपालिकाको दुई करोड रुपैयाँ लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन् ।

जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पु¥याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हालसम्म प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको छैन । निर्माण कम्पनीले विसं २०७८ असार मसान्तअघि नै कार्य सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ ।

रामेछापमा जुनार सुन्तलाजस्ता अमिलो जातका फलफूल तथा आलुलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्छ । चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ । केन्द्र बनेपछि समय अनुकूल तरकारी बिक्री गर्न सकिने कृषकको विश्वास छ ।

केन्द्र निमार्ण सुरु भए यता आफूहरूले उत्पादनमा वृद्धि गरेको कृषक मीनबहादुर खड्काले बताए । समयमै चिस्यान केन्द्र नबन्दा आफूहरूले उत्पादन गरेको आलु, काउली, टमाटर सधैँ कुहिएर जाने गरेको कृषकको गुनासो छ ।

“घर नजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसी लागेको थियो, केन्द्र अलपत्र अवस्थामा पुग्दा त्यो भन्दा बढी दुःख लागेको छ”, अर्का कृषक पार्वती सुवेदीले भनिन् ।

प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा चिस्यान केन्द्र अलपत्र आवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : ३३ बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे