पहिरोका कारण अवरुद्ध बागलुङ–बेनी सडक पुनः सञ्चालन « Khabarhub

पहिरोका कारण अवरुद्ध बागलुङ–बेनी सडक पुनः सञ्चालन


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले ब्याकुहोलोडर परिचालन गरेर सडकमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालन हुन थालेको जानकारी दिए । पूर्वाधार विकास कार्यालयले उपकरण परिचालन गरेर सडक मर्मत गरेको हो ।

हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएपछि बागलुङ तर्फबाट बेनी आउने सवारी साधनहरु खबरामै रोकिने गरेका थिए । बेनीबाट बाग्लुङ जान आउन बेनी–मालढुङ्गाको घुमाउरो सडक प्रयोग गर्नुपर्ने समस्या थियो ।

बागलुङ बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको थियो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई बागलुङ भएर सञ्चालन गरिएको थियो ।

पहिरो पन्छाए पनि पहिरोको जोखिम कायमै रहेकाले आवतजावतका क्रममा सावधानी अपनाउन पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ । हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो ।

गत बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिला चोट लागेर घाइते भएका थिए । पहिरोले गुब्डिरहेका सवारी साधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पु¥याएको छ ।

हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत असारमा खबरा र हाँडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : २० बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान