वितरण गरिएका विद्युतीय चुल्हो प्रयोगविहीन « Khabarhub

वितरण गरिएका विद्युतीय चुल्हो प्रयोगविहीन


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ । वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ ।

विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ । स्थानीयवासी तारा पासीले चुल्हो देखाउँदै बिजुलीको ‘लो भोल्टेज’ समस्याका कारण जाँच्न नपाएको बताए ।

बोरामा प्याक गरी थन्क्याएर रखिएको सो विद्युतीय चुल्हो देखाउँदै पासीले भने, ‘एक त घरमा बिजुलीको समस्या छ, अर्काको घरमा सवमिटर हालेर बिजुली ल्याएकी छु । त्यसमाथि यति उच्च पावरको चुल्हो र सोका लागि छुट्टै बर्तन किन्नुपर्ने हुँदा हाम्रा लागि उपयोगी छैन ।’

फुसको छानो भएको एक कोठेघरमा परिवारसँग बस्दै आएकी ताराले छिमेकी कहाँबाट सवमिटर जडान गरी घरमा दुई बल्ब, एक पङ्खा र मोबाइल चार्ज गर्नेसम्मको व्यवस्थापन गर्नुभएको हो ।

‘पङ्खासम्म चल्न नसक्ने स्थितिमा इन्फ्रारेड कुकरको त कामै छैन’, उनले भने । छिमेकी अदालत यादवको भनाइ पनि ताराको जस्तै छ । उनले चुल्हो पाएदेखि घरमा रहेको भकारीमाथि थन्क्याएका छन् । विद्युत्को समस्या सुनाउँदै उनले भने ,‘‘गर्मीले बेहाल छौँ, एक सय २० वाटको पङ्खा त राम्रोसँग चल्दैन यो उच्च पावरको चुल्हो जलाउन त सम्भव नै छैन ।’

पासी टोलकी ज्ञानमति पासीको श्रीमान्ले चुल्हो ल्याएर जाँच गरे । घरमा रहेको गोलाकार पिँध भएको भाँडो राख्न खोजेपछि चुल्होमा बसेन । छुट्टै भाँडो खरिद गर्नुपर्ने पैसाको व्यवस्थापन गर्न उनको सामथ्र्य छैन । ज्ञानमतिसँगै रहेकी स्कुले बालिका मनिता यादवले बुबाले ल्याएको चुल्हो जाँच्दा नचलेपछि वडामा फिर्ता गर्न लग्दा फिर्ता पनि नभएको गुनासो गरे ।

खाना पकाउने समयमा १० मिनेट मात्र बत्ती गयो भने पनि खाना बिग्रिने भएकाले यसमाथि भरोसा गर्न सकिने स्थिति नरहेको विद्युतीय चुल्होका जानकार जनार्दन बनियाले बताए।

‘इन्फ्रारेडको लोड धान्न सक्ने गरी यहाँका अधिकांश ग्राहकले लाइन स्तरोन्नति गरेका छैन”, नेपाल विद्युत् प्राधीकरण मर्चवार शाखाका एक कर्मचारीले भन्नुभयो, “बिहान–बेलुका एकसाथ यसको प्रयोग बढ्दा प्रणालीले थेग्न नसकेर तार, ट्रान्सर्फमर, फिडर र ११ केभीका लाइन पड्किने, जल्ने समस्या हुनसक्छ ।” अव्यवस्थित प्रणाली त्यसमा पनि कम एम्पिएरका लाइन जोडिएकाले समस्या हुने देखिन्छ ।

त्यसैगरी दुवे कटया बस्ने रामउजागिर यादवले भने, ‘किसानहरू सिँचाइको समस्याले पीडित छन् । लो भोल्टेजका कारण कृषि मोटर र घरको पङ्खा चल्न सकेको छैन । यस्तो अवस्थामा हाइ भोल्टेजको विद्युतीय चुल्हो चल्ने सम्भावना नै छैन ।’

सिँचाइका लागि मोटर र कृषि मिटरको व्यवस्थापनको सट्टा कमिशन र मतदाता लोभ्याउने चक्करमा पुरानो वडा समितिले खरिद गरेको विद्युतीय चुल्हो खरिद गरी अहिले वितरण गरिएको उहाँको आरोप छ ।

गाउँपालिकाले गत वैशाख १२ गते श्री बालाजी ट्रेडिङ सिद्धार्थनगर रुपन्देहीसँग रु ३६ लाख ९९ हजार छ सय ७६ मा खरिद गरेको एक हजार एक सय ५० थान इन्फ्रारेड कुकर चुल्हो स्थानीय तह निर्वाचन आचारसंहिताको कारणले वितरण हुन सकेको थिएन ।

अहिले सोही चुल्हो वितरण गरेपछि जनगुनासो बढेको वडाध्यक्ष पवनकुमार यादवले बताए । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले आफू आउनुभन्दा पहिला ग्यास सिलिण्डरका लागि विनियोजित बजेटलाई जनप्रतिनिधिको निर्णयअनुसार परिमार्जन गरी प्रक्रियाअुनसार इन्फ्रारेड कुकर चुल्हो खरिद गरिएको जानकारी दिए ।

यस वर्षको बजेट वक्तव्यमा सरकारले स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने घोषणा गरेको कार्यक्रममाथि सुरुबाटै प्रश्न उठिरहेको स्थितिमा कोटहीमाई–७ ले वडावासीलाई वितरण गरेको सो चुल्हो पनि उपयोगी हुने देखिएको छैन ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : १० बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा