अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस ३३ जिल्लामा मनाइने « Khabarhub

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस ३३ जिल्लामा मनाइने


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइन लागेको हो ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइने गरिन्छ । गिद्धको महत्व, लोप हुनलागेको र संरक्षणको प्रयासबारे जनचेतना जगाउन पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए ।

‘सङ्घको अगुवाइमा मात्रै ३३ भन्दा बढी जिल्लामा ६७ भन्दा बढी सामुदायिक संस्था, गैरसरकारी संस्था, विद्यालय, क्याम्पस, विभिन्न सरकारी निकाय तथा सञ्चारमाध्यमको संलग्नतामा दिवस मनाइने भएको छ’, उनले भने, ‘दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको गिद्ध राष्ट्रिय सचेतना दिवसबाट विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।’

उनका अनुसार सन् १९९० को दशकदेखि दक्षिण एसियामा गिद्धको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको छ । यो २३ वर्षको अवधिमा भारतमा डङ्गर गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिएको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा गरिएको सर्भेक्षणमा सन् २०१० मा ३५, सन् २०१३ मा ८२, सन् २०२१ मा २८ र सन् २०२२ मा १६ गुँड फेला परेको छ । कञ्चनपुरमा गरिएको सर्भेक्षणमा सन् २०१० मा एक, सन् २०२१ मा ५६ र सन् २०२२ मा एक सय १० वटा गुँड फेला परेको छ ।

‘कैलाली र कञ्चनपुरमा डङ्गर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध र सुन गिद्धले प्रजनन गरेको तथ्याङ्क छ’, चरा विज्ञ डगौराले भने, ‘डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनको अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने गोब्रे गिद्ध दुर्लभ अवस्थामा रहेको छ ।’

कैलाली र कञ्चनपुरमा सात प्रजातिका गिद्ध पाइने गरेका छ । राज गिद्ध र खैरो गिद्ध नेपालमा हिउँदका बेला पाहुनाका रूपमा जाडो छल्न आइपुग्ने गर्दछन् । हिमाली गिद्ध नेपालको रैथाने भए पनि तराईमा जाडो महिनामा मात्रै आउने गरेको पाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : ३३ बजे

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा