तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग « Khabarhub

तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको १०० दिनको काम सार्वजनिक गरिएको छ नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्तरूपमा आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका हुन्।

कार्यक्रममा नगरप्रमुख खत्रीले नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन्। चाँगुनारायण नगरपालिका वडा नं १ र ४ को सीमानामा रहेको ५०० रोपनी जग्गामा नेपाल सरकारले अत्याधुनिक सेवा सुरु गर्न अस्पतालको भवन निर्माण गरे पनि अगाडि नबढेकाले तत्काल अगाडि बढाएर विशेषज्ञ सेवा प्रदान गर्न माग गरेका हुन्।

उनले चाँगुनारायणको नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालन नगरपालिका मातहत ल्याएर सामाजिक शैक्षिक कलेजका रूपमा सञ्चालन गर्न नगरपालिका लागिरहेको बताए।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : १५ बजे

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा