डेेंगू नियन्त्रणमा सरकार असक्षम « Khabarhub

डेेंगू नियन्त्रणमा सरकार असक्षम

दसैँको मुखमा संक्रमण भयावह, सरकार बेखबर


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : दसैँको मुखमा डेंगू संक्रमण भयावह अवस्थामा पुगेको छ । हरेकजसो अस्पताल डेंगू संक्रमितले भरिएका छन् । पछिल्लो तथ्यांकअनुसार २८ हजारभन्दा धेरै संक्रमित डेंगूका मात्रै छन् । दैनिक दुई देखि चार जनासम्मले ज्यान गुमाइरहेका छन् ।

अहिलेसम्म ३८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगू संक्रमित भएकाहरुको अनुभव सुन्ने हो भने यो कोरोना संक्रमणको अवस्थाभन्दा जटिल र डरलाग्दो छ । बिरामीलाई निकै गाह्रो हुने र चिकित्सकको निगरानीमा बस्नुपर्ने अवस्थामै डेंगू भयावह रुपमा फैलिरहेको छ ।

तर अहिलेसम्म पनि सरकारी निकाय डेंगू नियन्त्रणतर्फ गम्भीर भएर लागेको देखिएको छैन । ३८ जनाले ज्यान गुमाउँदा र संक्रमितको अवस्था कोरोना संक्रमितकोभन्दा पनि जटिल हुँदा डेंगू नियन्त्रणतर्फ सरकार बेवास्तामै पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावी चिन्ता सिट बाँडफाँडमै केन्द्रित छ । सरकार र राजनीतिक दलका शीर्ष नेताहरुलाई चुनाव लाग्दा जनता भने दसैँको मुखमा डेंगूबाट कसरी जोगिने भन्ने भयानक चिन्तामा छन् ।

यस्तो अवस्थामा सरकारले डेंगू नियन्त्रणका लागि सरुवा रोग अस्पताल टेकूलाई निर्देशन दिनेबाहेक अरु काम गर्न सकिरहेको देखिदैन । मुस्ताङ र हुम्लाबाहेक सबै जिल्लामा भयावह बनिरहेको डेंगू नियन्त्रणका लागि अहिलेसम्म मन्त्रिपरिषद् बैठकले कुनै पनि किसीमको निर्णय गरेको छैन ।

संघीय सरकार मात्रै होइन, प्रदेश सरकार र स्थानीय सरकार पनि डेंगू नियन्त्रणका लागि कुनै ठूलो प्रयासमा छैनन् । अहिलेसम्म औपचारिक निर्णय गर्न पनि संघ, प्रदेश र स्थानीय सरकार प्रयासरत देखिदैनन् ।

दसैँको मुखमा डेंगूले आफ्नो आफन्त, नातागोता, परिवारका सदस्य बिरामी हुँदा नागरिक खुशी भएर दसैँ मनाउन सकिरहेका छैनन् । त्यसमाथि ज्यानै गुमाएका आफन्तलाई दसैँ दशा जस्तै भएको छ । तर पनि डेंगू नियन्त्रणका लागि लामखुट्टेको बिगबिगी हटाउन सरकारले नागरिकका लागि कुनै पनि किसीमको कार्यक्रम, अभियान र सचेतना फैलाएको छैन ।

स्वास्थ्य मन्त्रालयले डेंगू नियन्त्रणका लागि बारम्बार सूचना निकालेर आह्वान गर्नुबाहेक अरु काम गरेको पनि छैन । यसले डेंगू झन् भयावह देखिएको छ । अस्पतालमा सिटामोलको अभाव भइरहेको छ । तर पनि सरकार बेखबरजस्तै छ ।

नागरिकलाई सचेतना फैलाउने, डेंगू नियन्त्रणका लागि राष्ट्रियस्तरको अभियान चलाउने, बिरामीको चाप भएका अस्पतालमा जनशक्ति थप गर्ने जस्ता कुनै पनि काम भएका देखिदैनन् । यसले सरकार डेंगू नियन्त्रणका लागि बेखबर भएको छ । नागरिकको स्वास्थ्य बचाउनतिर भन्दा महामारीमा धकेल्न पनि सरकार तम्तयार रहेको देखिन्छ ।

जबसम्म तीन तहका सरकारले डेंगू नियन्त्रणका लागि ठोस कदम चाल्दैनन्, तबसम्म कुनै उपलब्धी हात पर्ने र नागरिक डेंगूको भयावही पीडाबाट उन्मुक्ति पाउने सम्भावना छैन । तर यो हविगत कहिलेसम्म ? भन्ने प्रश्न पेचिलो छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : १६ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको