डेेंगू नियन्त्रणमा सरकार असक्षम | Khabarhub Khabarhub

डेेंगू नियन्त्रणमा सरकार असक्षम

दसैँको मुखमा संक्रमण भयावह, सरकार बेखबर


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : दसैँको मुखमा डेंगू संक्रमण भयावह अवस्थामा पुगेको छ । हरेकजसो अस्पताल डेंगू संक्रमितले भरिएका छन् । पछिल्लो तथ्यांकअनुसार २८ हजारभन्दा धेरै संक्रमित डेंगूका मात्रै छन् । दैनिक दुई देखि चार जनासम्मले ज्यान गुमाइरहेका छन् ।

अहिलेसम्म ३८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगू संक्रमित भएकाहरुको अनुभव सुन्ने हो भने यो कोरोना संक्रमणको अवस्थाभन्दा जटिल र डरलाग्दो छ । बिरामीलाई निकै गाह्रो हुने र चिकित्सकको निगरानीमा बस्नुपर्ने अवस्थामै डेंगू भयावह रुपमा फैलिरहेको छ ।

तर अहिलेसम्म पनि सरकारी निकाय डेंगू नियन्त्रणतर्फ गम्भीर भएर लागेको देखिएको छैन । ३८ जनाले ज्यान गुमाउँदा र संक्रमितको अवस्था कोरोना संक्रमितकोभन्दा पनि जटिल हुँदा डेंगू नियन्त्रणतर्फ सरकार बेवास्तामै पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावी चिन्ता सिट बाँडफाँडमै केन्द्रित छ । सरकार र राजनीतिक दलका शीर्ष नेताहरुलाई चुनाव लाग्दा जनता भने दसैँको मुखमा डेंगूबाट कसरी जोगिने भन्ने भयानक चिन्तामा छन् ।

यस्तो अवस्थामा सरकारले डेंगू नियन्त्रणका लागि सरुवा रोग अस्पताल टेकूलाई निर्देशन दिनेबाहेक अरु काम गर्न सकिरहेको देखिदैन । मुस्ताङ र हुम्लाबाहेक सबै जिल्लामा भयावह बनिरहेको डेंगू नियन्त्रणका लागि अहिलेसम्म मन्त्रिपरिषद् बैठकले कुनै पनि किसीमको निर्णय गरेको छैन ।

संघीय सरकार मात्रै होइन, प्रदेश सरकार र स्थानीय सरकार पनि डेंगू नियन्त्रणका लागि कुनै ठूलो प्रयासमा छैनन् । अहिलेसम्म औपचारिक निर्णय गर्न पनि संघ, प्रदेश र स्थानीय सरकार प्रयासरत देखिदैनन् ।

दसैँको मुखमा डेंगूले आफ्नो आफन्त, नातागोता, परिवारका सदस्य बिरामी हुँदा नागरिक खुशी भएर दसैँ मनाउन सकिरहेका छैनन् । त्यसमाथि ज्यानै गुमाएका आफन्तलाई दसैँ दशा जस्तै भएको छ । तर पनि डेंगू नियन्त्रणका लागि लामखुट्टेको बिगबिगी हटाउन सरकारले नागरिकका लागि कुनै पनि किसीमको कार्यक्रम, अभियान र सचेतना फैलाएको छैन ।

स्वास्थ्य मन्त्रालयले डेंगू नियन्त्रणका लागि बारम्बार सूचना निकालेर आह्वान गर्नुबाहेक अरु काम गरेको पनि छैन । यसले डेंगू झन् भयावह देखिएको छ । अस्पतालमा सिटामोलको अभाव भइरहेको छ । तर पनि सरकार बेखबरजस्तै छ ।

नागरिकलाई सचेतना फैलाउने, डेंगू नियन्त्रणका लागि राष्ट्रियस्तरको अभियान चलाउने, बिरामीको चाप भएका अस्पतालमा जनशक्ति थप गर्ने जस्ता कुनै पनि काम भएका देखिदैनन् । यसले सरकार डेंगू नियन्त्रणका लागि बेखबर भएको छ । नागरिकको स्वास्थ्य बचाउनतिर भन्दा महामारीमा धकेल्न पनि सरकार तम्तयार रहेको देखिन्छ ।

जबसम्म तीन तहका सरकारले डेंगू नियन्त्रणका लागि ठोस कदम चाल्दैनन्, तबसम्म कुनै उपलब्धी हात पर्ने र नागरिक डेंगूको भयावही पीडाबाट उन्मुक्ति पाउने सम्भावना छैन । तर यो हविगत कहिलेसम्म ? भन्ने प्रश्न पेचिलो छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : १६ बजे

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका