जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का « Khabarhub

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ।

पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ।

जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ।

तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पुर्वी जाजरकोट र डोल्पामा विद्यतीकरण गर्न मुस्किल हुँदै आएको थियो। नयाँ ठेक्का स्वीकृतसँगै कामले तिव्रता पाउने अपेक्षा लिइएको छ।

सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन्।

यो ठेक्काको काम अघिल्लो ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोट विद्युत बाल्न समस्या हुँदै आएको छ। डोल्पामा विद्युतीकरणमा ढिलाइ हुँदै आएको थियो। यहाँ रहेका जगदुल्ला जलविद्युत आयोजना, नलगाड जलविद्युत आयोजना र ताँक्सुगाड जलविद्युत आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो।

जाजकोटबाट प्रशारण लाइन निर्माण नहुँदा रुकुम पश्चिमको बाफिकोट स्थित सव स्टेशनमा सँग जगदुल्ला जलविद्युत आयोजानले पीपीए गरेको थियो।

पुनः भएको ठेक्काको काम तोकिएको मितिमा भएमा जाजरकोटको पुर्व र डोल्पा जिल्लामा विद्युतीकरण गर्न अब धेरै समय कुनुपर्ने अवस्था नरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ९ : ३३ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा