दूध उत्पादनमा आत्मनिर्भर मेलम्ची नगरपालिका « Khabarhub

दूध उत्पादनमा आत्मनिर्भर मेलम्ची नगरपालिका


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलहरूमा बिक्री गर्दै आएका किसान अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक दुग्ध उत्पादनमा लागेका छन् । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाँउमा भैँसीपालनमा गर्दा आम्दानी हने दुवाचौरका साने थिङले बताए । उनले  भने, ‘परिवार पालेर महिनामा ७० हजारसम्म आम्दानी हुने गरेको छु ।’

त्यस्तै मेलम्चीका अर्का किसान जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेको र आफू सन्तुष्ट रहेको बताउँछन् । पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईबस्तु पाल्ने र दूध उत्पादन गर्ने किसानहरू बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्नेहरू बढेका छन्, किसानहरूले एउटै फार्ममा कम्तीमा १० देखि ८० वटा सम्म उन्नत नस्लका गाईभैँसी  पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानिका अर्का किसान बच्चुराम गिरीले बताउनुभयो । मेलम्ची नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध संकलन हुने गरेको छ । संकलन भएको दूध काठमाडौँ निर्यात हुँदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसेले बताए । उनले भने ‘पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।’

मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड रहेको छ । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १ : २३ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो