मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका-६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२-०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो । बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् । मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।  

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  २ : ३६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित