निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन आयोगको प्रेस अफिसबाट हुने « Khabarhub

निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन आयोगको प्रेस अफिसबाट हुने


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताएका छन् । शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन विभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रुपमा प्रेस अफिस अफिसबाटै गरिने बताएका हुन् । 

प्रेस अफिसमा नै सामाजिक सञ्जाल अनुगमन गर्न बिभिन्न निकायका प्रतिनिधिहरूलाई राखिने उनले बताए । थपलियाले आमसञ्चार माध्यमको अनुगमन आम सञ्चार माध्यमले नै गर्दा राम्रो हुने भन्दै सञ्चार माध्यमका सामाग्रीलाई लिएर पत्र नकाट्ने स्पष्ट पारे ।

यता आयोगले प्रेस अफिस उद्घाटन गरेसँगै नेपाल पत्रकार महासंघले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । महासंघले शुक्रबार नै बिज्ञप्ती जारी गर्दै निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ०५ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो