गोठाटार गोलीकाण्डमा संलग्न ३ जना पक्राउ « Khabarhub

गोठाटार गोलीकाण्डमा संलग्न ३ जना पक्राउ


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याइएको प्रहरी उच्च स्रोतले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ। सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गत ३ असोजमा हत्या भएको थियो।

मोटरसाइकलमा आएका व्यक्तिले उनलाई गोली हानेर भागेका थिए। घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ५६ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र