निर्वाचन आयोगको निर्णयप्रति प्रेस चौतारीको आपत्ति  « Khabarhub

निर्वाचन आयोगको निर्णयप्रति प्रेस चौतारीको आपत्ति 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस चौतारी नेपालले आसन्न निर्वाचन लक्षित निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति आपत्ति जनाएको छ। चौतारी अध्यक्ष गणेश बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन् । 

‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर अत्यन्तै आपत्तिजनक काम गरेको प्रेस चौतारी नेपालको ठहर छ ।’

प्रेस विज्ञप्ति

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर अत्यन्तै आपत्तिजनक काम गरेको प्रेस चौतारी नेपालको ठहर छ । 

नेपाली सेना, नेपाल प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरी आयोगले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको छ । जुन काम आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो । यस्तो कामले निर्वाचन आयोग स्थापित मूल्य, मान्यता र कानूनी राजभन्दा बाहिर जान खोजेको देखिएको छ । जुन लोकतान्त्रिक मुलुकमा कल्पना गर्ने विषय होइन । 

सञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । प्रेस काउन्सिलको अधिकार खोसेर निर्वाचन आयोग आफैँले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने कामले निरंकुश राजतन्त्रकालको झल्को दिएको प्रेस चौतारी नेपालको ठहर छ । हामी निर्वाचन आयोगलाई यस्तो गलत र आपत्तिजनक निर्णय तत्काल सच्याई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न हार्दिक आग्रह गर्दछौँ । आयोगले आफ्नो गलत र आपत्तिजनक निर्णय नसच्याएमा शसक्त प्रतिवाद गर्दै अवज्ञामा उत्रने जानकारी पनि यसै विज्ञप्तिमार्फत गराउन चाहन्छौँ

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ३७ बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको