अफगानिस्तानमा भएको आत्मघाती हमलामा १९ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा भएको आत्मघाती हमलामा १९ जनाको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा विश्वविद्यालयको परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा अरु ३० जना घाइते भएको बीबीसीले जनाएको छ ।

विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा समुदायको बसोबास रहेको सो क्षेत्रमा पछिल्लो समय हिंसात्मक आक्रमणका घटना बढ्दै गएको बताइएको छ ।

विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला उक्त शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो । आक्रमणको समयमा सो स्थानमा ६ सयभन्दा धेरै मानिसहरु रहेको जनाइएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले जनाएअनुसार आक्रमणमा १९ जना मारिएका छन् ।

यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ । आक्रमणपछि घटनास्थलतर्फ एम्बुलेन्सहरु पुगेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ३४ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम