सोमाली सेनाको कारवाहीमा अल शबाबका ४० लडाकु मारिए « Khabarhub

सोमाली सेनाको कारवाहीमा अल शबाबका ४० लडाकु मारिए


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा सेनाले गरेको सैन्य कारवाहीका क्रममा अल शबाब आतङ्ककारी सङ्गठनका ४० जना लडाकुको मृत्यु भएको छ ।

सोमाली सेनाले कारवाहीमा ४० लडाकु मारिएको जाननकारी दिएको हो । बिहीबार सोमालियाको मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारवाहीका क्रममा ती लडाकुहरु मारिएका बताइएको छ ।

सोमाली सेनाका कमाण्डरले सोमाली समाचार समितिलाई दिएको जानकारीअनुसार सोमालियाका राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको कारवाहीका क्रममा ४० जना लडाकु मारिएका र अरु केही घाइते भएका जनाएका छन् ।

सो कारवाहीका क्रममा अल शबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल शबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको सोमाली सेनाको दाबी छ ।

कारवाहीका क्रममा सोमाली सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल शबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए ।

हिरान क्षेत्रमा अल शबाबका लडाकुहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेको बताइन्छ । गोप्य सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारवाही थालेको बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ४४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको